बरिष्ट गीतकार अम्बिका गुरुङको नयाँ भिडियो “अल राउण्डर’ सार्बजनिक(भिडियो सहित)

सुर्य चन्द २०७६ असार १३ गते ११:०७ मा प्रकाशित

काठमाडौँ : गायक शंकर थापा स्माइलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो “अल राउण्डर’ सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल गायक शंकर थापा स्माइलको सुमधुर आवाज रहेको म्युजिक भिडियो “अल राउण्डर’ भर्खरै मात्र भाबसागर ईण्टरटेन्मेण्ट बाट सार्बजनिक भएको हो ।

सयौ चर्चित गीतहरुको सर्जक बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक शंकर थापा स्माइलको संगीत रहेको सार्बजनिक गीतमा र्यापर सुदिप अनडिफिटेडको र्याप रहेको छ । छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा डान्स प्लस ४ का फस्ट रनरअप सुजन मार्फा तामाङ तथा एलिएड २० क्रिउलाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया