पत्रकारद्वारा पथरीशनिश्चरे नगरपालिका कार्यक्रम बहिस्कार

गोपाल काफ्ले पथरी २०७६ असार १२ गते ९:२२ मा प्रकाशित


मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका मिडिया हाउस र सञ्चारकर्मीहरुप्रति सकारात्मक नदेखिएको भन्दै बुधबारको नगरले आयोजना गरेको पत्रकार सम्मेलन पत्रकारहरुले बहिस्कार गरेका छन् ।

असार १० गते पथरीशनिश्चरेले नगरपालिकाले नगरसभा गरेको थियो । नगरले उक्त नगर सभामा नगरका सरोकारवाला, राजनितिक दल, तथा कुनै पनि पक्षका बिज्ञ ब्याक्तिहरु संग छलफल नगरेको र नगर सभामा सामेल नगरेको भने गुनासो बजार भरि चलेको छ । नगर नगर सभा गरेको भोलि पल्टै पत्रकार सम्मेलन गरेर जनताको आखामा झारो टार्ने काम गर्न खोजे पछि पत्रकारहरुले नगरको यस्त्ँे प्रबृतीको बिरोध गरेका हुन । अघिल्लो आर्थिक बर्षदेखि नगरसभामा पत्रकारहरुलाई सूचना संकलन गर्न बजेट प्रस्तुत कार्यक्रममा सहभागीता गराउन अनुरोध गर्दै आएका थिए । सभाहुने केही दिन अघिदेखि स्थानीय पत्रकारहरुले नगरको सूचक भुपेन्द्र तिम्सिना मार्फत नगरसभामा सूचना संकलनको लागि प्रवेशको व्यवस्था मिलाउन सुझाव दिएका थिए । यद्यपि नगरसभाको कुनै जानकारीसम्म दिइएन । यति सम्मकी नगरले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भन्ने हल्ला भए पनि कुनै पत्रकारलाई खवर भने थिएन् ।

नगरसभाबाट पारित बजेट तथा कार्यक्रम सार्वजनिक गर्न असार ११ गते बुधबार ३ बजे पत्रकार सम्मेलनको पुरा तयारी भएको थियो । नगरको सभाहलमा व्यनर टाँगेर प्रवक्ता यमनाथ गुरागाई, सुचना संयोजक लगायतका केही वडा अध्यक्षहरु पत्रकार कुरेर बसेका थिए । नगरसभाबाट नगरपालिकाको कार्यक्रम सार्वजनिकको लागि प्रवेश दिन गरिएको आग्रह अस्वीकार गरेको भन्दै पत्रकारहरुले सम्मेलनमा नगएको पत्रकार गोपाल काफ्लेले बताए ।
पत्रकार सम्मेलनको लागि व्यानर टाँगेर नगर प्रबक्ता र सुचना संयोजक कुरी रहेका थिए । यता पत्रकार सम्मेलनमा नगरले आधिकारीक जानकारी नगराएको भन्दै १५ भन्दा बढीको संख्यामा उपस्थित भएका पत्रकारहरु कार्यक्रममा सहभागि नहुने निर्णय गर्दै सम्मेलन स्थल गएन्न ।

पथरीशनिश्चरे नगरपालिकाले छिमेकी स्थानीय तहको तुलनामा स्थानीय मिडिया र मिडियाकर्मीको क्षमता विकासको लागि अत्यन्त कम बजेट छुटाउदै आएको छ । बजेट बर्षेनी बढेसँगै अन्य शीर्षकमा बजेट बढेपनि नगरमा रहेका मिडिया र सञ्चारकर्मीहरुको बजेट भने जस्ताको त्यस्तै रहेको बुझिएको छ । चालु आर्थिक बर्षमा पाँच लाख रकम छुटेको थियो । असार १० गतेको बजेटमा पनि पाँच लाख नै रकम छुटेकोले पत्रकारहरु नगर प्रति जिम्मेवारी नदेखाएको भेलामा चर्चा भएको छ ।

पत्रकारलाई नगरले हेर्ने दृष्टीकोण, पत्रकार सम्मेलन र नगरको सञ्चार क्षेत्र तथा सञ्चारकर्मीहरुलाई हुँदै आएको व्यवहारबारे पत्रकार बिच छलफल भएको थियो । अघिल्ला बजेट भाषणमा पनि नगरले औपचारीक्ताका लागि मात्रै नगर सभा गरि पत्रकार सम्मेलन मार्फत बजेट सार्वजनिक गर्ने गरेको थियो । अघिल्ला पत्रकार सम्मेलनमा नगर प्रबक्ता र केहि वडाध्यक्षहरु मात्रले गर्ने गरेको र पत्रकारले सोधेको प्रश्नको उत्तरमा प्रबक्ता यम प्रसार गुरागाईले “पत्रकार मित्रहरुले उठाएका प्रश्न एक्दम जायज छन । हामीले टिपोट गरेका छैउ उक्त कुरा मेयर साबलाई जानकारी गराउछै” भन्ने रेडिमेट जवाफ दिने गरेका थिए ।

पत्रकारको भेलाले नगरबासीको सुचनाको हकमा नगर जिम्मेवारी नदेखिएको, पत्रकार र मिडिया प्रति उत्तरदायी नरहेको र आउदा दिनमा पनि यस्तै प्रबृधी भए नगरका कुनै कार्यक्रममा सहभागी नहुने निष्कर्स निकालेको छ । भेलामा नेपाल पत्रकार महासंघ जिल्ला सहसचिव शन्तोष राई, महासंघको केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, हरी कोइराला, दिनेश सुब्बा, मोहन भट्टराई, केदार चौहान, फिपराज बेघा, गोपाल काफ्ले, जगनाथ भट्टराई, ज्योति शर्मा, कुमार खड्का, भूमिप्रसाद पाठक, भीमराज अधिकारी, विवेक न्यौपाने, अर्जुन काफ्ले लगायतका सञ्चारकर्मीहरु सहभागि रहेका थिए ।

प्रतिक्रिया