कतारमा नेपाली समुदायलाई अवसर ” सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रम

इनेप्लिज २०७६ असार ११ गते १०:१८ मा प्रकाशित

अर्जुन पौडेल ,

दोहा- तन मन बचन र कर्मले सेवा गरौ भन्ने नारा सहित सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतारले बिभिन्न समयमा बिभिन्न सफल कार्यक्रमहरु गर्दै आएको छ l

समाजले आघिल्लो बर्ष आफ्नो आयोजनामा मानब सेबा आश्रम गोरखा शाखाको सहयोगार्थ छुट्टै एउटा पृथक ज्ञानबर्धक कार्यक्रम “आमा सेमिनार” सम्पन्न गरेको थियो l

यो बर्ष पनि समाजका वरिष्ठ उपाध्यक्ष रामजी खत्रीको संयोजकत्वमा गोरखा समाज कतारले योगको साथमा श्रृजनाशिलता , सकारात्मक सोच र सामाजिक भावना सहित मानवता प्रवर्द्धन र असल सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णमा योगदान पुर्याउने उद्देश्यले, मानव सेवा आश्रम केन्द्रिय कोष सहयोगार्थ ” सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रम गर्न लागेको हो l

आगामी जुलाई १९ तारिख शुक्रबारका दिन बिहान ९:०० बजेबाट नज्मा को सालिमार रेस्टुरेन्ट मा हुन लागेको उक्त कार्यक्रमा मानव सेवा आश्रम नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रामजी अधिकारी तथा डा राजु अधिकारी ‘योग बिज्ञान तथा मानव चेतना’ को प्रशिक्षण रहने छ l

समाजमा विभिन्न परिस्थितिले विवश भई मागेर समेत खान नसक्ने व्यक्तिहरुको सेवामा जुटिरहेको मानवसेवा आश्रमले मिसन २०८२ प्रारम्भ गरेको छ l यस अन्बतरर्गत २०८२ साल सम्म नेपालमा सडक मानब सुन्य बनाउने र नेपाललाई मानवताको देश भनेर बिस्वसामु प्रस्तुत गर्ने भनिएको छ l देशका बिभिन्न जिल्लामा आश्रमले आफ्नो भवन बनाउदै आएको छ l हेटौडामा हालै मात्र आश्रमले आफ्नो केन्द्रीय कार्यालय तथा सेवा आश्रम घर निर्माण गरेको छ l

पवित्र भावनाका साथ आयोजना हुन गइरहेको “सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रममा आघिल्लो वर्षको उपस्थिलाई हेरेर करिब २५० जनाको उपस्थित रहने आकडा गरिएको छ l कतारी रियल ७५ शुल्क तोकिएको कार्यक्रममा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने छ l कार्यक्रम हुनलाई केहि दिन मात्र बाकी रहेको हुदाँ दोहामा स्थित सामाजिक संघसंस्था, समाजसेवि, ब्यबसायी, बुद्धिजिवि, दाजुभाई तथा दिदीबहिनी लगाएतलाइ आफ्नो सिट सुरक्षित गरि सामाजिक कार्यमा हातेमालो साथै प्रवासमा ज्ञान हासिल गर्नेको लागि सुनौलो अवसर सुरक्षित् गर्ने समेत खत्रीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया