नेपाली मूलकी सौन्दर्यबिज्ञ मञ्जु दुलाल अमेरिकाको एटलान्टामा सम्मानित

विजय थापा २०७६ असार १० गते २१:५५ मा प्रकाशित

अमेरिकाको एटलान्टा स्थित युनिभर्सिटी ट्यालेन्ट ब्युटी एकडेमीले नेपाली मूलकी सौन्दर्यबिज्ञ मञ्जु दुलाललाई सम्मानित गरेको छ । आफ्नो कौशल प्रदर्शन गर्न निमन्त्रणा गरे पछि उनि टेक्सासको अस्टिनबाट एटलान्टा तर्फ गत शुक्रबार जुन २१ तारिख आएर आफ्नो शिप, कला र कौशल र प्रतिभा प्रस्तुत गरिन ।

गत शनिबार जुन २२ का दिन युनिभर्सिटी ट्यालेन्ट ब्युटी एकडेमीमा २ मोडेल्स(प्रतिरुप )को सिंगार पटार गर्ने मौका पाइन् । करिब २ घण्टा लगाएर सिंगार पटार गर्नु अगाडी र सिंगार पटार गरे पश्चातको फरक देखे पछि दुई मोडलहरु ( मेक्सिको र इराकका महिलाहरु ) खुशी मात्र भएनन् कि ” अहिले सम्म जीवनमा यति कुशल सौन्दर्यबिज्ञ हामीहरुले देखेका थिएनौ ” भन्दै मुक्त कण्ठले खुलेर दुलाललाई प्रशंसा गरे ।

अमेरिकामा उनलाई यसरी ग्राहकले सकारात्मक प्रशंसा गरे पछि आफू अझ उत्साहित भएको उनले बताइन । यस्तो नतिजा सुने -देखे पछि उक्त बिद्यालयका मालिक रामजान बिरानी खुशी मात्र भएनन उनले मंजुलाई सम्मान पत्र ,चिठ्ठी दिनुको साथै त्यहि बिद्यालयमा प्रशिक्षक वा साझेदारी भएर काम गर्न अवसर पनि दिएका छन् । तर उनको अस्टिन मै शृंगार पसल रहेकोले उनि टेक्सस अस्टिन पुगी सकेकी छिन ।

यस्तो प्रसंसा देखे पछि जर्जिया एटलान्टाका पर्यटनदुत राजा घलेले त्यति खेरै मंजु दुलाललाई हार्दिक बधाई तथा धन्यवाद दिए । “एउटा नेपाली चेलीले अमेरिका जस्तो ठाउमा आएर पनि यस्तो नाम प्रतिष्ठा कमाउनु नेपालकै इज्जत बढेको महसुस गरेको छु ” घलेले भने ।

सौन्दर्यबिज्ञ मंजु दुलाल अमेरिका आएको ५ बर्ष भएता पनि कहिले पनि अमेरिकामा घण्टा हान्ने काम नगरेको बताइन । आफ्नो भाईको सहयोग र साथले आफूले नेपालमा जानेको शीपलाई अमेरिकामा अवसर प्राप्त गरी उही पेशा अंगालेको उनले बताईन ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सौन्दर्यबिज्ञ मञ्जु दुलाल बिगत २ दशकदेखी यस क्षेत्रमा होमिएकी छिन । शीप बिकाश र आयआर्जन महिलालाई शसक्त बनाउने माध्यम हुन् भन्ने बुझेकी दुलालले नेपालमै पहिलो पटक सौन्दर्य शिक्षा दिइने ग्ल्यामर ब्युटी स्कुल सञ्चालनमा ल्याएकी हुन् ।

राष्टिय तथा अन्तरराष्ट्रिय सम्मान, पदक लगायत नगद पुरस्कारद्धारा उनि सम्मानित भै सकेकी छिन् । आफु अरुलाई सुन्दर बनाउन मन लाग्ने भएकोले यो पेशामा गहिराईमा डुबुल्की लगाई रहेको बताइन ।

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया