डिसी मेट्रो सप्ताहमा हाल सम्म ५ लाख ३० हजार डलर संकलन

विजय थापा २०७६ असार १० गते २:०१ मा प्रकाशित

डिसी मेट्रो सप्ताहको दोश्रो दिन सम्म कूल ५ लाख ३० हजार डलर भन्दा ज्यादा रकम संकलन भएको छ । गत जुन २३ तारिख सप्ताहको पहिलो दिन सम्म ४ लाख ८ हजार ३ सय ८० डलर संकलन भएको थियो । जुन २४ का दिन मात्र १ लाख २२ हजार डलर संकलन भएको छ भने सोमबार कामको दिनमा अपेक्षा भन्दा ज्यादा रकम संकलन भएको आयोजकले बताएका छन् ।

स्मरण रहोस ,गत जुन २२ तारिख कलस यात्राका दिन २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको थियो । सामुदायिक केन्द्र निर्माण गर्न बिभिन्न सदस्यहरु बन्ने क्रममा सवै भन्दा संस्थापक सदस्यहरु ज्यादै भएका छन् ।

हाल सम्म करिव २ सय ५० को हाराहारीले दिएको दानले मात्र ५ लाख ३० डलर नाघेको छ । यस क्षेत्रमा करिव १० हजार मानिसहरु बसोबास गर्ने अनुमान गरिएकोले जुन २९ सम्म सामुदायिक केन्द्र निर्माण हेतु लक्ष्य बोकेर हिडेको डिसी मेट्रो सप्ताह २०१९ को लक्ष्य पुग्न सक्ने अवस्था देखिएको छ ।

सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भै रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो ।उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । सप्ताहको लागि सहयोग गर्ने अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया