एन आर एन अस्ट्रियामा निर्वाचनको चहलपहल

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असार ८ गते २३:५६ मा प्रकाशित

यही आउदो जुलाई २१ तारिखमा एनआरएन अस्ट्रियाको विभिन्न पदको लागी निर्वाचन हुने तयारी हुदैछ। थोरै जनसंख्यामा नेपालीहरुको बसोबास रहेको अस्ट्रियामा एनआरएन लगायत अन्य विभिन्न नेपाली संघसंस्था रहेकोछ। एनआरएनको हालसम्म उल्लेखनीय काम वर्षेनी ग्रिल पार्टी, चाडपर्व भेटघाट जस्ता कार्यहरु बाहेक सामाजिक हितमा अरु खासै कार्यक्रममा मनग्य सहभागिता देखिदैन।

चाहे एनआरएन होस या अन्य संघसंस्था सबै सिमीत व्यक्तिहरुको गुठबन्धनको रुपमा देखा परेको अस्ट्रियामा बसोबास गर्ने धेरैले गुनासो गर्ने गरेका छन्। जहांसम्म चुनाब निस्पक्ष रुपमा संचालन गर्ने कुरा त्यसमा पनि धेरैलाई उम्मेरद्वारी दिनबाटै हतोसाही गर्ने प्रवृत्ती यहा रहेकोछ।

निर्वाचनको शैली र उम्मेरद्वारको चुनाव प्रचार शैली विगतका वर्षहरुको मुल्यांकन गर्ने हो आचार संहिताको कडारुपमा पालना गर्नुपर्ने जरुरी देखिन्छ।
योग्यता पुगेका जो कोहीले पनि उम्मेरद्वारी दिन पाउनु निस्पक्ष चुनाव पहिलो आवश्यकता हो। उम्मेरद्वारी दिन कसैलाई पनि कहीबाट निरुत्साही गरिनुहुदैन। निर्वाचन समितीले यसको कडा निगरानी र आवश्यक परेको खण्डमा कारवाही समेत गर्नुपर्दछ। निर्वाचन समितीको गठन गरी पदाधिकारीहरुको नामावली प्रकाशन गरी कार्यक्षेत्र र अधिकार सर्वप्रथम निर्धारण गरेमा निर्वाचन आफैमा गरिमामय बन्नजान्छ।

निर्वाचन समितीको गठन पछि निर्वाचनका प्रक्रिया, कार्यक्रम र आचार संहिता प्रकाशित गरिएमा मतदाताहरु मतदानप्रति सजग र उत्साही हुन्छन। आचार संहिताको पालनामा विगतका वर्षको अनुभवको कुरा गर्ने हो चुनावकै दिन मतदान केन्द्रमै बसेर उम्मेरद्वारहरुले मतदाताहरुसंग मत माग्नेक्रम अन्तिम समयसम्म पनि जारी थियो, आशा गरौं यो वर्ष निर्वाचन समितीले निस्पक्ष र सक्रिय ढंगले काम गर्नेछ।

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया