वासिंगट्न डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको छ संकलन वृद्धि हुने क्रम जारी रहेको छ । जुन २२ देखि २९ सम्म संचालन हुने सप्ताहको पहिलो दिन कलस यात्रा बिशेष कार्यक्रम मात्र रहेको थियो । ४ सय कलस नेपालबाट झिकाइएको मध्ये सबै समाप्त भएको थियो । मन्दिर ३ पटकको परिक्रमा पछि कलस सप्ताह पुराण मंच अगाडी राखिएको छ भने विधिवत रुपमा सप्ताहको उद्घाटन गरिएको छ ।
प्रतिक्रिया