किन गरीयो यस्तो ? नेल लगाएर रेशम चौधरीको उपचार !

इनेप्लिज २०७६ असार ७ गते १३:४४ मा प्रकाशित

निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए ।

रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताए। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन् । सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो ।

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया