आईसिईको छापा आइतबार

यादवराज जोशी २०७६ असार ६ गते २२:५१ मा प्रकाशित

यादवराज जोशी

इमिग्रेसन र कस्टम इन्फोर्समेन्ट (आईसिई)ले आईतबारबाट गैरकानुनी आप्रवासी धरपकड सुरु गर्ने सिएनएनले शुक्रबार जनाएको छ । आईसिईका परिचय नखुलाईएका उच्च अधिकृतलाई उदृत गर्दै प्रकासित समाचारमा १० शहरमा आईतबारबाट धरपकड सुरु हुने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीविरुद्ध कडा कदम आवश्यक भएको ट्विट गरे लगतै आईसिईले यो योजना बनाएको हो । सिएनएनका अनुसार, आईसिईको यो धरपकडले सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्ने हो भन्नेमा डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीका सेक्रेटरी केभिन म्याकएलिन भने शंकामा छन् ।

आईसिईका अनुसार पक्राउ गरिने पहिलो लिस्टमा अदालतबाट देश निकाला (डिपोर्ट) आदेश भैसकेका व्यक्ति छन् । सिएनएनका अनुसार, धरपकडमा आईसिईले कस्तो नीति लिने प्रस्ट छैन । राष्ट्रपति ट्रम्पले सोमबार राति ट्रिवट गर्दै लाखौ गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका थिए ।

आईतबारबाट सुरु हुने धरपकड दश शहरमा एटलान्टा, बल्टीमोर, शिकागो, डेनभर, ह्युसटन, लस एन्जल्स, मायामी, न्यूओलियन्स, न्यूयोर्क र सान फ्रानसिस्को छन् । सिएनएनका अनुसार, ति शहरका अदालतले देश निकाला आदेश दिएका व्यक्तिलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निरन्तर निगरानीमा राखेको छ ।

“तपाई गैरकाुनुनीरुपमा अमेरिकामा बस्नु भएको छ भने, तपाईलाई देश निकाला गरिनेछ”, बुधबारको पत्रकार सम्मेलनमा आईसिईका कार्यवाहक प्रमुख मार्क मोर्गनले भनेका थिए, “यसमा व्यक्ति र परिवार सबै पर्छन ।”

आईसिईले इमिग्रेसन अदालतमा अपस्थित नभएका दुई हजार व्यक्ति र परिवारलाई गत फेब्रुवरीमा पत्र पठाएको थियो । उनीहरुलाई मार्च महिनासम्म अदालतमा अपस्थित हुन आदेश दिइएको थियो । तिनै व्यक्ति पक्राउमा पर्नेछन्, मोर्गनले भने ।

आईसिईको तथ्यांक अनुसार, विगत दुई वर्षमा देश निकाला १३ प्रतिसतले बढेको छ । सन् २०१८ मा दुईलाख ५६ हजार ८५ गैरकानुनी अप्रवासीलाई देश निकाला गरिएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी देश निकाला सन् २०१४ मा चारलाखभन्दा बढी थियो ।

 

स्रोतः सिएनएन
तस्वीरः यूएस हेराल्ड

प्रतिक्रिया