काठमाडौँ, असार ६ गते । बेल्ट एन्ड रोड फर डेभलपमेन्ट एन्ड प्रोस्परिटी अफ साउथ एसिया नारासहित द बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०को चौथो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ ।
दक्षिण एसिया, अफ्रिका र युरोपका १५० बढी मुलुकलाई विकासको बाटोमा डोे¥याउने उद्देश्यसहित यो सम्मेलन सुरु भएको हो । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिनपिङले बीआरआईको अवधारणा ल्याउनुभएको थियो । नेपाल र चीनबीच सन् २०१७ मा यस अवधारणामा सम्झौता भएको थियो ।
यस अवधारणाअनुसार उच्च गुणस्तरीय, दिगो, जोखिममुक्त र समयसापेक्ष मूल्यमा विकासका पूर्वाधार निर्माण गर्न चीनले प्रतिबद्धता जनाएको छ । नेपाल चाइना फ्रेन्डसिप फोरमको आयोजनामा सुरु भएको सम्मेलनले नीति निर्माता, विशेषज्ञ, अध्ययनकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धित सरोकारवालालाई एकैथलोमा भेला पारेर दक्षिण एसियाली मुलुकका लागि अवसर पहिचान गर्ने उद्देश्य बोकेको छ ।
सम्मेलनको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माण र कामगराइमा सहकार्यको भावना बीआरआईले बोकेको बताउनुभयो । उहाँले विश्वव्यापी महìव बोकेको बीआरआईले शान्तिका लागि सडकलाई समृद्धिको आधार बनाएको बताउनुभयो ।
“व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा यो महìवपूर्ण छ,” उहाँले थप्नुभयो, “विकासमा रहेको वित्तीय र प्राविधिक दूरी छ, त्यो घटाउन मद्दत गर्छ । ” दक्षिण एसियासँगै नेपालको राष्ट्रिय योजना निर्माणमा बीआरआईको महìव रहेको उहाँले स्पष्ट पार्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यसँग सडक जोडिएको भन्दै उहाँले थप्नुभयो, “ढ्ुवानीमा नेपालजस्तो भूपरिवेष्टित देशले २० प्रतिशत अतिरिक्त शुल्क तिर्नु परिरहेको छ । त्यो घटाउन यसले सघाउँछ । ”
मन्त्री ज्ञवालीले नेपाल–चीन द्विपक्षीय सम्बन्ध सेतुका रूपमा रेलमार्ग, राजमार्ग, हवाईमार्ग र ढुवानी क्षेत्रको विस्तार रहेको उहाँले प्रस्ट्याउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले दक्षिण एसियाली मुलुकबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा यो सम्मेलन महìवपूर्ण रहेको बताउनुभयो । नेपाल र चीनबीच बहुआयामिक विकास सञ्जालमा काम भएसँगै सीमा वारपार रेलको अवधारणामा समेत काम भइरहेको जानकारी दिनुभयो । आतङ्कवाद, आर्थिक समस्या, गरिबीलगायत विभिन्न कारणवश विकास हुन नसकेको देशका लागि बीआरआईको सञ्जाल एउटा सहयोगी हात हुने उहाँले दाबी गर्नुभयो ।
प्रमुख टिप्पणीकर्ताका रूपमा बङ्गलादेशका सांसद हसनाउल हक इनुले बीआरआईले दक्षिण एसियाली मुलुकमा निर्वाह गर्ने भूमिकाका बारेमा प्रस्ट्याउनुभयो । उहाँले विश्वको शक्ति पश्चिमबाट एसियातर्फ मोडिँदै गएको भन्दै अब एसिया उदाउने बेला आएको बताउनुभयो ।
एसिया इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क स्थापना हुनुले पनि बीआरआइमार्फत एसियाली मुलुकको विकासमा साझेदारी गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
आयोजकका तर्फबाट फोरमका अध्यक्ष डा। कल्याणराज शर्माले नेपालमा भएको यस सम्मेलनले विश्वकै ठूलो सञ्जाल निर्माण, विश्वव्यापी आर्थिक व्यवस्थाको सिर्जना, रोजगारी सिर्जना, सामुदायिक एकता र सीमान्तकृत समाजको उन्नतिमा सघाउने जनाउनुभयो । विभिन्न सत्रमा हुने छलफलले बहुआयामिक विकासको मार्ग पहिचान हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। शङ्करप्रसाद शर्माले दुई शक्तिशाली मुलुकबीच रहेको नेपालमा सन् २०१५ मा भारतले गरेको नाकाबन्दीपछि यो सञ्जालमा सामेल हुनुपर्छ भन्ने धारणा बोकेको बताउनुभयो । तथापि यस सञ्जालले भारतलाई समेत चीन र अन्य मुलुकसँगको सम्बन्ध विकास गर्न सघाउने उहाँको भनाइ छ ।
शुक्रबारसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा नेपाल, भारत, चीन, फिलिपिन्स, लाओस, बङ्गलादेशलगायत देशका विशेषज्ञ तथा सरोकारवाला छलफलमा सामेल हुनुभएको छ ।
प्रतिक्रिया