जापानको क्युशु क्षेत्रमा नारायण गौतमको संयोजकत्वमा सात सदस्यीय ‘साझा सद्भाव समूह क्युशु’ को गठन भएको छ। सद्भाव समूहका अन्य सदस्यहरुमा डिल्ली लिम्बु ,अनन्त यात्री,प्रकाश सुवेदी,मनोज कुँवर,बशन्त तिमल्सिना र शिव थापा रहेको कुरा साझा सद्भाव समूह जापानका राष्ट्रिय संयोजक कृष्ण सुवेदीले जानकारी दिए।
सुसंस्कृत राजनीतिको प्रवर्धनमार्फत एकै पुस्तामा देश बदल्ने संकल्प लिएको साझा विवेकशील पार्टीप्रति सद्भाव राख्दै संसारका धेरै देशमा सद्भाव समूहहरु उल्लेख्य रुपमा बनिरहेको र बन्ने क्रम बढिरहेको सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक डा. राजेन्द्र पंगेनीले बताए।
हालसम्म अमेरिका,दक्षिण कोरिया,जापान,वेलायत,डेनमार्क, कतार,दुबई,ओमन र कुवेतमा राष्ट्रिय संयोजन समिति लगायत बिभिन्न शहरहरुमा सद्भाव समूहहरु बनिसकेका छन् भने अन्य देशका शहर तथा राज्यहरुमा सद्भाव समूहहरु बन्ने क्रम जारी रहेको प्राप्त समाचारमा उल्लेख छ।
प्रतिक्रिया