यादवराज जोशी
A vendor waits for customers during a national blackout, in Buenos Aires, Argentina June 16, 2019. REUTERS/Agustin Marcarian
दक्षिण अमेरिकामा विद्युत प्रणाली बन्द हुदाँ चार करोड ४० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । अर्जेन्टिना र उरुग्वेको सम्पूर्ण विद्युत प्रणाली आईतबार बिहानबाट बन्द छ भने चिली, पाराग्वे र ब्राजीलको केही क्षेत्र पनि प्रभावित भएको छ ।
कर्मचारी र अधिकारी बिद्युत सुचारु गर्न प्रयत्नरत छन तर आईतबार अपरान्हसम्म अर्जेन्टिनाको आधा भागमा मात्र विद्युत सुचारु हुन सकेको छ । अर्जेन्टिनामा स्थानिय निर्वाचन भैरहेको बेला विद्युत गएकोले मानिसले मोबाईलको बत्ति बालेर भोट हालेका थिए ।
उरुग्वेमा विद्युत प्रणाली चाडो सूचारु भएको थियो । आईतबार अपरान्हसम्ममा उरुग्वेको तीन प्रान्तमा बिद्युत सुचारु भएको छ । ३० लाख मानिस यसबाट लाभान्वित भएका छन् ।
अजेन्टिनाको बिद्युत प्रणाली निकै पुरानो छ । समय समयमा अपग्रेड गरिएको छैन । बिहान ७ बजेबाट बिद्युत प्रणालीको मूख्य इन्टरकनेसक्न बिग्रेको छ, हामी यसको अनुसन्धान गर्दै छौ, अजेन्टिनाका उर्जा मन्त्रीले भने ।
ब्राजिल र चिलीका अधिकारीले उनीहरुको देश खासै प्रभावित नभएको बताएका छन् । ति देशका केही क्षेत्रमा विद्युत छैन ।
अजेन्टिना र उरुग्वेमा एउटै विद्युत प्रणाली छ । अर्जेन्टिनाको बिद्युत प्रणाली बन्द हुदाँ उरुग्वे पनि प्रभावित भएको आरोप उरुग्वेले लगाएको छ ।
स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज
प्रतिक्रिया