नेपाली लघुउपन्यास विषयक पहिलो परिसम्वाद तथा लघुकथा वाचन सम्पन्न

इनेप्लिज २०७६ असार १ गते २१:३८ मा प्रकाशित

ईनेप्लिज प्रतिनिधि

नेपाल प्रज्ञाप्रतिष्ठान तथा लघुकथा समाज काठमाडौंको संयुक्त आयोजनामा माठमाडौंको पूर्वोत्तर पहाडीस्थल जरसिं पौवास्थित जेपी प्रतिष्ठानको मैत्रीसेवाश्रम सभाकक्षमा नेपाली लघुउपन्यास विषयक पहिलो परिसम्वाद तथा लघुकथा वाचन सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव ।।।।।वाट पानसमा वत्ती वाली आरम्भ भएको सो कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । प्रथम चरणमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमले “लघुकथा र लघुउपन्यासको सैद्धान्तिक स्वरुप” विषयक गोष्ठीपत्र प्रस्तुत गर्नु भएको थियो । सो गोष्ठीपत्रमाथि साहित्यकार गोविन्द गिरी प्रेरणाले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रमाथि सहभागीहरु पद्मावती सिंह, भागिरथी श्रेष्ठ, नारायण तिवारी, जलेश्वरी श्रेष्ठ लगायतले जिज्ञासा राखेका थिए भने गोष्ठीपत्र प्रस्तोता गौतमले तिनको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा गोष्ठीको आयोजनाको पृष्ठभूमि तथा उपादेयतावारे गद्य विभागका प्राज्ञ माया ठकुरीले प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि जगत उपाध्याय प्रेक्षितले प्रज्ञा प्रतिष्ठनको गद्य विभागको सकृयतामा भएको यस प्रकारको कार्यक्रम महत्वपूर्ण भएको वताउनु भयो । कार्यक्रममा लघुकथा समाजको तर्फवाट डा.पुष्करराज भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । समारोहलाई जेपी प्रतिष्ठानका मित्रसेन दाहाल तथा प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य अशेष मल्लले समेत सम्वोधन गर्नु भएको थियो ।

यस चरणको शुरुमा लघुकथाकार रविन्द्र तिमसिनाको सद्य प्रकाशित लघुकथा संग्रह आवरणको विमोचन समेत सम्पन्न गरिएको थियो ।
दोश्रो चरणमा विशेष लघुकथा वाचनमा २३ स्रष्टाहरु रविन्द्र तिमसेना, राधा कार्की , सुशीला देउजा, हिरण्यकुमारी पाठक, त्रिभुवनचन्द्र वाग्ले,निमग्ना घिमिरे, श्रीराम राई, मन्दिरा मधुश्री , देवा अधिकारी, नन्दु उप्रेती, जलेश्वरी श्रेष्ठ, रञ्जुश्री पराजुली, अर्जुन थापा, भागीरथी श्रेष्ठ, द्वारिका कुईंकेल, नारायण तिवारी, लक्ष्मी उप्रेती, सुष्मा मानन्धर , सिन्धू गौतम , सुमन सौरभ , गोपाल अश्क, पुष्करराज भट्ट, तुलसीहरि कोइरालाले लघुकथा वाचन गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व नेपाली लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रदनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तुलसीहरि कोईरालाले गर्नु भएको थियो ।

प्रतिक्रिया