पाँचथर । फोनमा रिचार्ज गरेर कुरा गर्ने प्रचन नयाँ अभ्यास होइन । तर ‘रिर्चाज’ गरेर विजुलीको वत्ति बाल्ने विषय भने नौलो हो । पाँचथरको मिक्लाजुङ गाँउपालिका–२ को सप्तमी बजार र आसपासमका गाँउका उपभोक्ताको घरमा मिटर बक्समा एउटा डिजिटल कार्ड राखिएको छ ।
पैसातीरेपछि घरमा वत्ति बल्न थाल्छ । पैसा सकिएपछि घरमा विजुली आउन छाड्छ । तर पैसा सकिन लाग्दा रातो सुचक बलेर संकेत गरेपछि कार्ड्लिएर उपभोक्ता वितरण कार्यालयमा गएर पैसा तिर्ने गर्दछन । कार्ड मिटरबक्समा ल्याएर जोडेपछि पुनः बिजुली बल्न थाल्छ । यहाँ १ सय १० घरधुरीका उपभोक्ताले यसरी वत्ति बालेका छन् ।
चिया उद्योग तथा अन्य व्यवसाय सञ्चालनमा पनि यसरीनै विद्युत उपभोग हुने गरेको छ । पैसा सकिन लाग्दा पुनः सुचारु गर्न पाईने, नसकिएमा अर्को महिनापनि बाल्न पाईने स्थानिय उपभोक्ता बताउँछन् । प्रतियुनिट सात रुपौयाको दरले महसुल बुझाउनु पर्ने हुन्छ । गत मंसिरबाट यसरी विजुली बाल्न थालिएको हो ।
अर्को महत्वपूर्ण पक्ष यहाँ हावाबाट विजुली उत्पादन गरीएको छ । हावा र सोलार प्रणाली जडान गरी उत्पादन गरीएको विजुलीबाट स्थानियहरु लाभान्वित भएका छन् । हावाबाट विजुली उत्पादन गरीएको यो नौलो अभ्यास हो । डाडामा हावाबाट विद्युत उत्पादनगर्ने मेसिन राखिएको छ । यहाँ बेजोडसँग हावा चल्ने गर्छ । हावाबाट तीन बर्ष लगाएर यो आयोजना पुरा गरीएको हो । ४ करोड ९४ लाख रुपौया लागतमा विद्युत उत्पादन गरीएको हो ।
सप्तमी सौर्य– वायु मिनिग्रिड परियोजना मार्फत ७० किलोवाट विद्युत उत्पादन भएको छ । यो मध्ये २० किलोवाट विजुली हावाबाट र ५० किलोवाट विजुली सौर्य उर्जाको माध्यमबाट उत्पादन हुन्छ । डाँडामा राखिएको वायु र सोलार प्रविधि यहाँ आउनेहरुको लागि पनि रोचक विषय बनेको छ । एडिबिको सहयोगमा बैकल्पि उर्जा प्रवद्र्धन केन्द्रले यो परियोजना बनाएको हो ।
यहि विजुलीमार्फत घरेलु उद्योगको विकास भएको छ् । १ सय रुपैँयादेखि माथि रकम तिरेर विजुली उपभोग गर्न पाईने बताइएको छ । सुरुमा रिचार्ज गरेर विजुली बाल्ने कुराले अलमल भएपनि अहिले सहज भएको स्थानिय उपभोक्ताहरु बताउँछन् । हावा र सोलारको माध्यमबाट उत्पादन भएको विजुली व्याट्रिमा जम्मा गराई वितरण गरीएको छ ।
प्रतिक्रिया