वेलायती भोजपुरेहरुले सुविधाजनक कुर्वाघर डेढ करोडमा निर्माण गरे

इनेप्लिज २०७६ जेठ ३२ गते १४:१९ मा प्रकाशित


रोशन मेवाहाङ्ग/इनेप्लिज डट कम–
लण्डन ,जेठ ३२ । बेलायतबासी भोजपुरेहरुले सदरमुकाम भोजपुरस्थित डेढ करोड लगानीमा कुर्वाघर निर्माण गरिरहेका छन् ।
नेपाल सरकारको पूर्वि जील्लाकालागि अहिले सम्मकै ठुलो लगानीमा निमार्णधित अस्पताल नजिकै बेलायतमा रहेका भोजपुरबासीहरुले कुर्वाघर निमार्ण गरेका हुन् ।

उक्त भवनकालागि भोजपुर समाज बेलायतले दुई रोपनी जग्गा विक्रम संवत २०७१ सालमा २६ लाखमा खरिद गरेका थिए । भोजपुर समाज बेलायतका पूर्व अध्यक्ष देवेन्द्र राईले भने, ‘ पूर्वी जील्लाकै नमुना अस्पताल निर्माण भईरहदा पनि अस्पतालको परिसरमा कुर्वाघर बनाउने निर्णय गर्न सकिएन , किन भने भोलि त्यो सरकारीकरण नहोस् ।’ जसका बाबजुद हामी बेलायतबासीहरुले सिद्घकालीन प्रालीको नाममा दर्ता गरेर गरिद गरेका छौ ।


उक्त निर्माणधित भवनकालागि १ करोड लागत लागि सकेको र भवन सम्पन्नकालागि अझै केहि रकम लाग्न सक्ने भोजपुर बोयाका सुवास राईले जानकार दिए । निर्माणधित भवनका संरचना जम्मा ८ वटा कक्ष र १६ ओछ्यान निर्माण गरिने समितिले जनाए ।
विशेषगरी भोजपुर जील्लावासीहरुले निर्माणधित अस्पतालमा विरामीहरुलाई सहयोग गर्न आउदा दुख नहोस् सरलरुपमा बसेर विरामीलाई सहयोग गर्न मिलोस भन्ने सोचले कुर्वाघर निर्माण गरिएको संयोजन दिलमानले बताए ।
भोजपुर समाज बेलायतका पूर्व अध्यक्ष देवेन्द्र राई र उनका समुहका परिकल्पनामा निमार्णधित कुर्वाघर निर्माणकालागि दोस्रो गोर्खा रेजिमेन्टबाट अवकाश प्राप्त हवल्दार दिलमान राईले मुख्य संयोजन गरिरहेका छन् ।

प्रतिक्रिया