डेँगुको विरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

इनेप्लिज २०७६ जेठ ३२ गते १२:३३ मा प्रकाशित


धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेको छ । धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।

“४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ । ” धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताऊनु भयो । उहाँले भन्नुभयो ः “१५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरियो । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत शिक्षक, बिध्यार्थीहरु, टोल बिकास संस्थाहरु सक्रिय छौँ ।”

यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताउनुभयो ।

अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

८ वटा केश हरु झापामा देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिनुभएको छ । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताउनुभयो । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिं ले बताउनु भयो । उहाँले भन्नुभयो ः सचेतनाको लागि पर्चा टाँस्ने काम सुरु गरिसकिएको छ ।

प्रदेश सरकार सक्रिय :

प्रदेश सरकारका मन्त्रीहरुको समुपस्थितिमा धरानमा वैठक वसेको र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त एक्सन प्लान (कार्ययोजना) बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।

प्रतिक्रिया