“पेन नेपाल” को विमोचन तथा कवि गोष्ठी

इनेप्लिज २०७६ जेठ ३२ गते १:३९ मा प्रकाशित

इनेप्लिज प्रतिनिधि ,पेन नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आफ्नो नेपाली पत्रिका “पेन नेपाल” को विमोचन सम्पन्न गर्यो । पेन नेपालका उपाध्यक्ष सुषमा आचार्य तथा जेष्ठ सदस्यहरू सुवर्णराम जोशी, वमवहादुर थापा, रामदयाल राकेश तथा प्रकाश ए राजले सामुहिक रूपमा पत्रिका विमोचन गरे ।

कार्यक्रमको शुरूमा पेन नेपालका सचीव भीष्म उप्रेतीले पेन नेपालका गतिविधिहरू संक्षेपमा जानकारी गराएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा कविता वाचन गरिएको थियो । कविता वाचन गर्नेहरूमा सुषमा मानन्धर,सुषमा आचार्य,वमवहादुर थापा, सुवर्णराम जोशी, दामोदरपुडासैनी किशोर,हेमाँगराज गिरी, विष्णुवहादुर सिंह, भीष्म उप्रेती, गोविन्द गिरी प्रेरणा थिए ।

कार्यक्रमको सभापतित्व उपाध्यक्ष सुषमा आचार्यले गरेकी थिइन् भने कार्यक्रमको संचालन पेन नेपालका सचीव भीष्म उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया