भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही र रमेश प्रसाईको भ्रष्टाचार बिरुदको चर्को आवाज ढिलो आयो कडा आयो (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ३० गते २२:२० मा प्रकाशित

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन्।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन्। उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन्। उनको आवाज श्रोतामाझ लोकप्रिय छ। रमेश प्रसाई कविता समेत लेख्ने गर्दछन्। कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन्।

बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँछन्। उनी आफु बोल्न कै लागि जन्मेको बताउछन्। समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन्।

रवि लामिछानेको बारेमा बोल्नु उनको कर्तब्य भएको बताउदै आफुले चर्चित हुन बोलेको होइन समेत उनले भने। अमाज्मा आफु चर्चित हुन अरु व्यक्तिलाई खुलाउने बानी उनमा नभएको भन्दै उनले रवि लामिछानेको विषयमा आफुलाई केहि प्रश्न नगर्न समेत आग्रह गरे।

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही र रमेश प्रसाई संग संगै पत्रकार सम्मेलानमा उनिहरुले भ्रष्टाचार बिरुद्ध र यस लाइ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सबन्धित बिषय बारे जानकारी गराएका छन् ।

हेर्नुहोस पुरा भिडियो बिस्तृत जानकारी सहित : नम्रता वाग्लेको सहयोगमा

प्रतिक्रिया