अर्जुनले श्री माध्यमिक बिद्यालय भंगेरी, रामेछापबाट २०७२ सालमा प्रबेशिका परिक्षा दिएका हुन्। अन्तरबार्ताहरुमा आफुलाई १२ बर्ष देखिको ज्योतिषे अनुभव रहेको बताउने अर्जुनको जन्म बि.स २०५७ मा भएको हो। उनले प्राकृतिक विपदबारे यसरी बोल्दा पत्रकारले थोरै भए पनि सजगता अपनाएको भए जनता माझ यस्तो त्रास फैलिन पाउने थिएन। यसमा अन्तरबार्ता लिने पत्रकारहरुको पनि गल्ति रहेको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षले बताए।
अर्जुन थापाको घर ओखलढुंगा हो। आमा रामेछापका भएका कारण उनि रामेछापमै हुर्केका हुन्। उनि स्कुले जीवनमा पनि धेरै जसो हावा बोल्ने गर्थे। उनि कहिले कहिँ केहि कलाकारको क्यारिकेचर पनि गर्ने गर्थे।
एक जना बिद्यार्थीले गर्दा श्री माध्यमिक बिद्यालयको नाम मिसिन गएकोमा उनले दुख व्यक्त गरेका छन्। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भन्छन ‘प्रहरीले अर्जुन थापालाई उन्मुक्ति दियो भने अर्जुन जस्ता अरु पनि भ्रम फैलाउनेहरुको जन्म हुने हुदा अर्जुनलाई कारबाही गर्नैपर्छ।’
प्रतिक्रिया