पोखरामा दिनदाहडै गोली चल्यो (भिडियो सहित

इनेप्लिज २०७६ जेठ २९ गते ११:११ मा प्रकाशित

जेठ २९, पोखरा । पोखराको उत्तमचोकमा प्रहरीले लागूऔषध कारोबारी माथि गोली चलाएको छ । लागुऔषध लिएर हिँडेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको कार्कीले जानकारी दिए ।
प्रहरीले चलाएको गोली लागेपछी घाइते भएका लागूऔषध कारोबारी जोनर डीके भनिने करिव ३० बर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले जनाएका छन् ।

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपाम लगाएतका १५ सय थान लागूऔषध बरामद गरेको जनाएको छ । लागूऔषध कारोबारी थापा यसअघी कतार र नेपालमा समेत जेल बसेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लागूऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असईको बाया खुट्टा र तिघ्रामा चोट लागेको एसपी कार्कीले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गोली लाग्नले ब्यक्ति एउटा होटलमा बसेर चिसो खाएको बताए । उनी बाहिर निस्किने क्रममा सादा पोशाकमा सोही होटलमा रहेका प्रहरी प्रहरीले उनीलाई पछ्याउने क्रममा उत्तम चोकमा गोली चलेको होटल सञ्चालिका कल्पना अर्यालले बताईन् ।

प्रतिक्रिया