सुन्दै अचम्म !!! नक्कली कागजपत्र बनाएर पिच बाटो नै ३ पटक बेचियो (भिडियो)

इनेप्लिज २०७६ जेठ २८ गते २३:२० मा प्रकाशित
पिएनपिखबर : धुलिखेलमा अवस्थित कालो पत्रे मूल सडकखण्ड ३ पटक बेचिएको खुलाशा भएको छ। साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।

उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । २०७६ वैशाख १५ गते प्रहरीलाई दिएको जाहेरीमा नक्कली ट्रेस नक्सा बनाई, अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेको उल्लेख छ । प्रचलित मूल्यभन्दा निकै सस्तोमा जग्गा पाएपछि लोभिएर किन्दा जग्गा किन्ने व्यक्ति फसेको देखिन्छ। २०७५ असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले १२ लाख मूल्यांकन राखी २२ लाखमा खरिद गरेका हुन् ।

धुलिखेल नगरपालिकाको वडाध्यक्ष रवीन्द्र कर्माचार्यले भने, ‘मैले कार्यालयमा आएको केहि व्यक्तिलाई उक्त कित्ता त सडकमा पर्छ त्यसैले केहि गर्न मिल्दैन भनेर फर्काएको थिए। मालपोतले केहि जाँच नै नगरी पास गर्यो म त सरकारलाई नै दोष दिन्छु। यहाँ रहेको पिच प्राय व्यक्तको नाममा छ। सरकारले तिरो लिने गर्छ। सरकारले जाँच गरी तिरो खट्टा गर्ने पर्ने देखिन्छ। उक्त जग्गा पुरानै सिफारिसमा ३ पटक वक्री भएको छ।’

उनले थपे, ‘जग्गा बेच्नेले पिच मुनिको जग्गा देखाएर जग्गा भेचिएको रहेछ। पुरानै सिफारिस देखाएर पास गरेछन्, त्यस्तो सिफारिसको म्याद ३५ दिन मात्रै हो।’

विस्तृत जानकारीको लागि हेर्नुहोस पिएनपिमिडियाले तयार पारेको यो भिडियो….

प्रतिक्रिया