उपचार खर्च अभावमा मृत्यू कुर्दै गुरुङ

इनेप्लिज २०७६ जेठ २८ गते २३:०५ मा प्रकाशित

जेठ २९, पोखरा । सासै फेर्न गाह्रो छ । त्यसैले नाकमा २४ सै घन्टा अक्सिनको नली जोडिरहनुपर्छ । दिसापिसाब तर्काउन चर्पी जाँदा पनि झन्झट छ । खाना खाँदा पनि सास्ती । ३ वर्षदेखि ६६ वर्षीय गोपीचन्द्र गुरुङ यस्तै अप्ठेरोमा छन् । उनलाई फोक्सोको रोग लागेको ३ वर्ष भयो । घर कास्की मादीको पाखुरीकोट हो । पाखुरीकोट तमु समाज घरमा गोपीचन्द्रले आश्रय लिइरहेका छन् । श्रीमती तीर्थकुमारी, छोरीहरु ११ वर्षकी प्रिया र ७ वर्षकी अमृता पनि गोपीचन्द्रको हेरचाह र स्याहारसुसारमा खटिएका छन् । गोपीचन्द्रसँग परिवारको माया छ तर उपचार खर्च छैन ।

बलवै ंस हुँदा गोपीचन्द्रले नेपाल प्रहरी भएर देशसेवामा बिताए । सोझोसिधा भएर सेवा गरिरहँदा हातमुख जोर्न धौधौ प¥यो । ११ वर्षमै प्रहरी सेवा छाडेर मुगलान भासिए । भारतका विभिन्न ठाउँमा १० वर्ष गुजारे । फर्किएर बाउबाजेले गर्दै आएको पण्डित (पैंडी) को काम गरेका थिए । तर कसरी कसरी उनलाई फोक्सोको रोगले समात्यो । गाउँमा अरु बिरामी पर्दा, कसैकहाँ मर्दापर्दा गोपीचन्द्र पुग्थें । झाँक्री बनेर उपचार गर्न होस् या पैतृक कार्य अर्घाैंमा उनी सामेल हुन्थे । तर आज आफैं बिरामी परेर थलिनुपरेको छ । भन्छन्, ‘फोक्सै फेर्न ३३ लाख रुपैयाँ लाग्दो रैछ, तर आफूसँग १ कौडी छैन ।

।’ ३ वर्षयता छिमेकी, इष्टमित्र र समाजका सदस्यले गरेको सहयोगले नै उनी बाँचिरहेका छन् । ८ सय ५० को सिलिन्डर अक्सिजनले बढीमा ६ दिन पुग्छ । औषधी खर्च पनि उत्तिकै छ । घर व्यवहार चलाउन हम्मेहम्मे छ । फोक्सो ट्रान्सप्लान्ट गर्न सके २ छोरीहरुलाई उज्ज्वल जीवन दिन सक्छु कि भन्ने उनको याचना छ ।

प्रतिक्रिया