यति ठुलो पिपलको रुख भित्र गणेश भगवानको मन्दिर ! कस्तो अनौठो मन्दिर

इनेप्लिज २०७६ जेठ २८ गते २२:४० मा प्रकाशित

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटारमा एक गणेश मन्दिर छ । मिदिम खोलाको छेउमा रहेको उक्त मन्दिर अन्य मन्दिर भन्दा निकै फरक रहेको छ । मन्दिर बाहीरबाट हेर्दा सबै ठुलो पिपलको बोटले छोपेको छ ।

स्थानिय चोलनाथ घिमिरेका अनुसार मन्दिर पहिला ढुङ्गाको गाह्रोले बनाइएको थियो । मन्दिर माथी सानो पिपलको बिरुवा उम्रियो र अहिले उक्त पिपलको बोट ठुलो भयो । पिपलको बोटले पुरै मन्दिर छोपेको छ । अहिले सो मन्दिरमा पुग्ने सर्वसाधारणलाई निकै अनौठो लाग्ने गर्दछ ।

पिपलको बोट ठुलो भएकाले मन्दिरको ढोकाबाट छिर्नै नसकिने भएकाले पिपलको बोट तासेर ढोका बनाइएको छ र सो ढोकामा गेट लगाइएको छ ।
करापुटारमा रहेको उक्त मन्दिर नजिकै शिवको मन्दिर छ जहाँ शिवरात्रीमा निकै ठुलो मेला लाग्ने गर्दछ । शिव मन्दिरमा सोती थरका पुजारीहरुले पुजा गर्दै आएका छन् भने गणेश मन्दिरमा घिमिरे थरका पुजारीहरुले पुजा गर्दै आएका छन् ।

पछिल्लो समय सो क्षेत्रका धार्मिक स्थलको विकासका लागि इशानेश्वर महादेवप मन्दिर क्षेत्र विकास समितिले उक्त ठाउँको विकासका लागि काम गर्दै आईरहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताउनुभयो ।

प्रतिक्रिया