गृहनगर संगै ठाउठाउमा प्रितमलाई भब्य स्वागत, पन्चेबाजा सहित यसरी ल्याईयो काकडभित्ता देखि ईटहरी (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ २८ गते १०:४१ मा प्रकाशित


इटहरी / भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरिबाट दर्जन गाडि सहित सयौ जना काकडभित्ता पुगेका थिए । काकडभित्तामा त्यहाका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए । हेर्नुस उनलाई लिन ईटहरिबाट काकडभित्ता पुगेसम्म र त्यहाबाट विभिन्न ठाउमा स्वागत सम्मान गरिदै पन्चेबाज बजाई नेपालको झण्डा फहराउदै ल्याईदाको भिडियो ।

सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिए संगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए । त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिस्यको लागि सुभकामना प्रदान गरिएको थियो । यस लगत्तै उनलाई ईटहरिमा पनि भब्य स्वागत सम्मान गरियो । काकडभित्ताबाट फर्के लगत्तै ईटहरि उपमहानगरपालिकामा स्वागत सम्मान पछि सेन्ट्रल प्लाजामा रहेको उनको सम्पर्क कार्यालय भिजिट संगै त्यहा पनि स्वागत तथा सुभाकानामा प्रदान गरिएको थियो ।

सारेगमप लिटिल च्याम्प्समा उनलाई आईतबार साझ भएको फाईनलबाट उनि सेकेन्ड रनरअप भएको घोषणा भएको थियो । फाइनल सम्म पुग्ने अपक्षा नभएको भए पनि तेश्रो भएकोमा खुसी व्यक्त गर्दै धेरै कुरा सिक्न पाएको र नेपालबाट धेरै सहयोग मिलेको प्रितम आचार्यले बताए । नेपालकै गौरव भएको र प्रितमसंग भएको क्षमतालाई अभिबृद्धि गर्दै अझै निखार ल्यान सबैको सहयोग रहनु पर्ने संगीत साधना महाबिद्यालयका महासचिब राजु केसिले बताए । यसपछि आज ४ बजे ईटहरिको सेन्ट्रल प्लाजाको सेमिनार हलमा उनि संग पत्रकार भेटघाटको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया