आक्रोशित युवाहरुले घेरे एनसेल कार्यलय (भिडियो)

इनेप्लिज २०७६ जेठ २६ गते १४:२० मा प्रकाशित
पिएनपिखबर : पछिल्लो समय भ्रष्टचार विरुद्ध आवाज उठाउदै आएको हन्ड्रेड एस ग्रुपले एनसेलले कर तिर्नुपर्ने भन्दै शनिबार सडकमा उत्रिएका थिए। उक्त ग्रुपले एनसेल कार्यालय घेराउ गरी सरकारले कर उठाउन नसक्ने नागरिकले नै लाभाकर उठाउने दावी गरेका छन्। उनीहरुले तुरुन्तै कर तिर्न माग गरेका छन्।

एनसेलको कर छली मात्रै हैन देशमा भईरहेको भ्रष्टचारविरुद्ध सधै तत्पर रहने उनीहरुको भनाई छ। भ्रष्टचार गरेको पैसाले शिक्षा, स्वास्थ्यमा लगाए देशनै समृद्ध तर्फ लाग्ने थियो भन्दै एक कार्यकर्ताके गुनासो पोखे। कार्यक्रममा जुटेका अर्का कार्यकर्ताले भने, ‘कतै जनता सिटामल खान नपाएर मरिरहेका छन् भने कतै अरबौको भ्रष्टचार गरिरहेका छन्।’

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया