चलचित्र कलाकार संघमा खडका नेतृको समूह विजयी

इनेप्लिज २०७६ जेठ २६ गते २:४९ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वमा रविन्द्र खड्का नेतृत्वको समूह विजयी भएको छ ।शनिबार काठमाडौंमा सम्पन्न १७औँ साधारण सभाले खड्का नेतृत्वको समूहलाई अत्याधिक मतसहित विजयी बनाएको हो । अध्यक्ष पदमा सरिता लामिछानेले उम्मेदवारी दिएकी थिइन् । लामिछानेको समूह पराजित भएको छ ।

अध्यक्षमा खड्काले लामिछानेलाई ५७ मतले पराजित गरेका हुन् ।अध्यक्षमा खड्काले २१८ मत पएका थिए । लामिछानेले १६१ मतमा चित्त बुझाइन् ।

दुई उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । उप्रेतीले २४३ र ताम्राकारले १५७ मत ल्याएर विजयी भए ।उपाध्यक्षका प्रत्यासी मनोज केसीले १४२ र विनोद भट्टराईले ९६ मत पाएका थिए । केसी र भट्टराईलाई उपाध्यक्षमा पराजित भएका छन्।

महासचिवमा चेतबहादुर सिंह ‘राजा’ १ सय ८७ मतसहित निर्वाचित भएका छन् । सिंहका प्रतिद्वन्द्वी सञ्जय खतिवडाले १ सय ५६ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा पनाह अधिकारी १ सय ९४ मतसहित विजयी भएकी छिन् । अधिकारीकी प्रतिद्वन्द्वी कविता गेलाल शर्मा १ सय ६९ मतसहित पराजित भएकी छिन् ।

सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएकी छिन् । आचार्यले २ सय २० मतसहित विजयी हासिल गरेकी छिन् । आचार्यकी प्रतिद्वन्द्वी डिबी बम्जनले जम्मा १ सय ३३ मत पाए ।कोषाध्यक्ष पदमा सुनिल कटुवाल यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै अध्यक्ष खड्का प्यानलका विजयी भएका छन् ।१० जना निर्वाचित सदस्यतर्फ शीतल केसीले सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।

अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

प्रतिक्रिया