१६ वर्षीया अप्सरा बसिन् बाबुको ‘किरियापुत्री’

इनेप्लिज २०७६ जेठ २५ गते ७:५८ मा प्रकाशित

दोलखा, २५ जेठ । वैत्यश्वर गाउँपालिका १ कैलेश्वरमा १६ वर्षकी अप्सरा गिरी आफ्नो बुवाको मृत्यु भएपछि किरियापुत्री बसेकी छन् ।

बाबु जितबहादुर गिरीको ४० वर्षको उमेरमा मृत्युु भएपछि उनी परिवारको सल्लाह अनुरुप आफ्नो बाबुको काजकिरिया गर्न बसेकी हुन् ।

छोराले मात्रै बाबुआमाको काजकिरिया गर्ने चालचलन रहिआएको अवस्थामा अप्सराले आफ्नो बाबुको काजकिरिया १६ वर्षकै कलिलो उमेरमा गरेर सबैलाई चकित बनाएकी छन् ।

परिवारमा एउटा ७ वर्षको भाई ९ वर्षकी बहिनी आमा र फुपु दिदी रहेका छन् । अकस्मात बाबुको मृत्यु भएपछि सानो छोरा भएकाले कसलाई काजकिरियाको लागि किरियाुत्री राख्ने भन्ने भएपछि अप्सराले आफ्नो बाबुको किराया आफैले गर्ने र परिवारले अरुलाइ राख्नुभन्दा जेठि छोरीलाई नै राख्ने निर्णय गरेकाले अप्सरालाइ नै राखिएको मलामी ज्ञान बहादुर गिरीले जनाए ।

अप्सरा बाबुको काजकिरिया गर्न किरियापुत्री सँगै छोराले मात्रै कजकिरिया गर्न सक्छन् भन्ने मान्यतालाई समेत तोडेकी छिन् ।

प्रतिक्रिया