असनको राजाहरुको वायु गुठी मासेर व्यापारिक कम्प्लेक्स बन्दै, आश्रितहरु आक्रोशित (भिडियो)

इनेप्लिज २०७६ जेठ २४ गते ११:२३ मा प्रकाशित

उपत्यकाको सभ्यता, संस्कृति र यहाँका मठमन्दिर जोगाउन गुठीको व्यवस्था गरी यसको संरक्षण भएकोमा अहिले आएर ती सम्पदा मासेर व्यापारिक संरचना बनाउन थालिएको छ ।

घडी घर भनेर पनि चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन मिलेमतोमा जे भइरहेको छ, त्यसमा माफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको आश्रितहरुको आरोप छ ।झण्डै ५०० वर्ष पुरानो सम्पदा मासेर व्यापारिक कम्प्लेक्स बनाउने अनुमति दिइएको छ । सम्बन्धित निकायको यो निर्णयपछि सो गुठी संरक्षण गर्दै त्यसैमा बसोबास गरिआएका स्थानीयहरु आक्रोशित र चिन्तित छन् ।

भिडियो

प्रतिक्रिया