उनले त्यस दिन औपचारिक रुपमा चलिरहेको कार्यक्रममा साझा पोशाकमा आएकाले ज्ञानेन्द्र शाहीसँग बादबिबाद गरिरहेको देखेपछि शाहीलाई अनुरोध गर्दै अतिथिको रुपमा मंच मै बस्न आग्रह गरेको बताए।
उनले भने, ‘शाहीले भ्रष्टचारको प्रमाणको केहि कागज सहित आफ्नो भनाई राखेपछि मेरो पालो आयो। त्यहि बेलामा शाहीलाई बीच-बीचमा हातपात भयो जसकारण मैले हतार हातर तुन्गाये। म बस्न नपाउदै पोशाक सहितका साथिहरु मंचमा आए र ज्ञानेन्द्रलाई समाते। पुर्जी माग्दा पुर्जी छ भन्दै हतारिएर लान खोजे। म देखि त्यहाँ बस्ने नागरिक बोल्न नपाउने भनेर आवेगमा आयौ। शाहीलाई ४ तिर नै घेराउ गरे। हामीमाथि लछारपछार भयो। प्रहरी कार्यालयमा उनीमाथि लाठि चार्ज भएको आँखाले देखि रहेको थिए। राति पक्राउ परेका मदन शाहीको पनि कराएको आवाज आएको थियो।’
उनले आफुहरुलाई सार्वजनिक मुद्दा लगाउछ भने पनि थाहाँ नभएको बताएका छन्। औपचारिकता देखाउनको लागि अस्पताल समेत् लागिएको र कुनै प्रकारको जांच नभएको उनको आरोप छ। उनले सार्वजनिक मुद्दा पहिले नै तयार गरेको बताउंदै भने, ‘विप्लब समर्थक ज्ञानेन्द्र शाही र शाहीको समर्थकहरुले पोशाकमा रहेको प्रहरीमाथि हात लगाएको हुनाले सार्वजनिक मुद्दामा अचेत अवस्थामा हस्ताक्षर गराइयो। पछि मात्रै थाहाँभयो त्यो पक्राउ पुर्जी रहेछ।’ उनीहरुलाई प्रतिव्यक्ति १० हजार धरौटी तिरेर ३ दिनपछि मात्रै निकालिएको थियो। आफुहरुलाई विदेशी डलरबाट बिकेको भनेर आरोप आएको बताएका छन्।
प्रतिक्रिया