कथा:एक मोहरको जिन्दगी

सुशील नेपाल २०७६ जेठ २४ गते २:१२ मा प्रकाशित

सुशील नेपाल,

यो ऊमेरको दोसांधमा किन किन एऊटा कुन्ठाले चिमोटी राखेको छ ।झट्ट हेर्दा आफ्नो हीन भावनावाट ग्रस्त मानसिक द्वंदले गर्दा त्यो अनुभूति भए जस्तो लाग्छ , तर वयस्कताको यो विन्दुमा विस्मृतिले राम्रो नराम्रो समस्त कार्यहरू चलचित्रझै मनस्थितिमा ल्याएर अड्याई दिंदो रहेछ ।

नेपालको प्रजातांन्त्रिक आन्दोलनको कुरा गर्दा आज मलाई त्यो आन्दोलनमा प्रांण ऊत्सर्गिक गर्ने योद्धाहरू प्रति एऊटा वैयक्तिक सम्मान प्रकट गर्न मन लागि रहेको छ ।यस्का अरू थुप्रै कारणहरू मध्ये एऊटा चांही के भनें मलाई आफूले अल्लारे ऊमेंरमा आफूलाई ज्यादै माया गरेर जोगाई राखेको अनुभूति हुनु पनि हो ।जुनदिन मेरो साथी भोलामानलाई प्रहरीले घिसार्दै लगेका थिए,त्यो दिन मलाई एऊटा व्यक्तिगत क्षोभको कुन्ठाले थिचेको थियो र मैले त्यस दिन सोचेको थिएें’छ्या म आफूलाई कत्ति माया गर्छु ‘।फेरि मेरो साथी भोलामानलाई गोली लागेर दिवंगत भएको ऊस्को शरीर हाम्रो सामु ल्याई पछारेर प्रहरी गए पछि मेरो शरीरका सम्पूर्ण तन्तुहरू एकाएक लल्याक लुलुक्क भएका थिए ।त्यसैले आज भोलामानको चीसो शरीरले मसित क्रांन्तिको समस्त औचित्य माथि प्रश्न गर्दा म अनायसै एकदमै अनुत्तरीत भई दिन्छु ।

नेपालको २०४६सालको प्रजातान्त्रिक जन आन्दोलनपछिको सामाजिक परिवेशमा मैले आफ्नो जिन्दगीको मोल एक मोहर भन्दा वढी आक्नै सकिन ।साच्चै भन्ने हो भनें वर्तमानमा मान्छे आफ्नो अनन्त चाहाना आवश्कता र यथार्थता वीच एकदमै वांढिंदो रहेछ, त्यसैले ऊ सोच्छ मेरो आजको यो हैसियत र पचास पैसाको क्रय शक्ति वीच शायद ज्यादा फरक छैन होला ।त्यसैले प्रजातंन्त्र पछिका मगन्तेहरू पनि झट्ट मोहर लिन रूचांऊदैनन् र त्यो मोहर दिनेहरू पट्टी यस्सो कर्के आंखाले हेर्छन र मनमनै भन्छन’वरू त्यो नदिएकै भए हुने थियो, दिने नै हो भने रूपैया या वढी दिए हुने थियो ।

यो तथाकथित समाजवादी समाज जहां हरेक थोक पैसाले आंकिन्छ,त्यांहा जीवनको मूल्यहरूपनि यस्तै यस्तै हुंदा रहेछन् । एक सुकाको जिन्दगी, दश पैसाको जिन्दगी,दुई पैसे जिन्दगी र एकमोहरको जिन्दगी ।

त्यसदिन म विहान सोचेको भन्दां चांडो ऊठें ।झ्यालको पाटो यस्सो ऊघारेर हेरें ।वाहिर टम्म हुस्सु लागेको रहेछ । मैले सोचें एक छिन यो सिरक भित्रै वसी राखुं क्यार ।तर अंह मलाई चित्त वुझेन ।म जुरूक्क ऊठें, आफ्नो आंड्ग तानें र स्वभाविक सन्तोषको लामो निश्वास मेरो मुखवाट निस्क्यो -खुईय’। मैले सोचें रातीको सपना त्यति भयावह पनि थिएन ।विस्मृतिका केही तिता मिठा अनुभवहरू स्वप्लिन संसारको दोछायां परेर झट्ट आंऊदै विलाऊंदै गए ।जस्तो सुकै भयावह घटनाहरू झ्वाट्ट आंखै अगाडि आए पनि म आतंकित भएको थिईन ।तै पनि किन हो शरीरले एकदमै शिथिलताको अनुभव गऱ्यो । आड्गं तानें मैले र ऊठेर सरासर मुख धुने तरखर गर्न थालें ।मैले मनमनै भने ‘धीक्कार छ कहिले पनि चित्त वुझ्दो काम पाऊंदिन ।मुख हात धोएर कोठाको छेउंमै राखिएको एऊटा पुरानो स्टोभ माथि मैले एऊटा सिलवरे भांडा राखें र नापेर एक कप चीयालाई पुग्ने पानी हालें ।एकै छिन पछि पानी ऊम्लियो ‘खट खट्’। मैले दुध हाल्न सकिन ।एक पाकेट दुधको आठ रूपैया ।मेरो आंड्ग सिरिंड्ग गऱ्यो ।चीया पीऊदै मैले तकिया मुनीवाट हिंजै मात्र दाजुले घरवाट पठाएको चिठ्ठी खोलें र पढें ‘

‘प्रिय भाई,

चिठ्ठी प्राप्त भयो, तर तिमी जीवनसित यस प्रकारले हतोत्साहित होलाऊ भने चिताएको थिईंन ।जीवनलाई समग्र दृष्टीकोणले हेर्ने तिम्रो चेष्टा हुनु पर्छ । हरेक कुरालाई आफ्नै दृष्टीकोणले हेर्ने तिम्रो वानी मलाई ऊचित लागेन ।तिमी धैर्य गर सफलता आफै हात लाग्ने छ। मलाई त समय माथि अघात् विश्वास छ र विश्वास नगर्नु चैं जीवन प्रतिका यावत अवधारणाको अनादर गरेझैं हुनेछ ।असफता क्षणीक हुन्छ मुकाविला गर जित्छौ ।’

मैले त्यो पत्रलाई ध्यानपूर्वक दुईचार चोटी पढें र आफ्नो शीरान पट्टी टांगीएको आफ्नो अभिन्न साथी भोलामानको तस्वीर पट्टी एकटक लगाएर हेरें र ततक्षण मेरो मुखवाट अनायसै निस्क्यो ‘प्रजातंन्त्र’ भोलामान यही प्रजातंन्त्र फर्काऊने क्रममा दरवारमार्गमा तातो गोली खाएर दिवंगत भएको थियो ।मैले आफ्नो अस्तित्व माथि शंड्का लागेर आफ्नो शरीरलाई एकचोटी छामें ।मेरो आफ्नो शरीर एकदमै तातो थियो पुरा ऊर्जाले भरिएको कसीकसाऊ ।फेरि मैले मनमनै भने’ भोलामान मलाई क्षमा गर,म आफूलाई ज्यादै मायां गर्दो रहेछु ।२०४६चैत २४ गतेको त्यो एतिहासिक जुलूसवाट म तिमीसंग छुट्टिएें ।एऊटा त्रास मरि पो हालिन्छकी भन्ने डर म मा व्याप्त रहेछ ।त्यो भलाद्मीहरूको भींडमा म पनि मेरो लागि अरूनै मरी दिए पनि हुन्थ्यो भन्ने कायर अभिलाषाले ग्रसीत एऊटा परजिवी नै रहेछु ।तर ती जो दरवारमार्गसम्म पुगे र सामन्ती किल्ला हल्लाऊने साहास देखाए तिनीहरू प्रति अभिनन्दन गर्ने वेलामा भोलामान मलाई तिम्रो ज्यादै याद आई रहेछ ।’ फोटो हेर्दाहेर्दै मेरा आंखा रसाए छन् र एकतमासले आंशु झरी रहे ।आंशुलाई वाहूलाले यस्सो पुछेर मैले भनें ‘ यो प्रजातंन्त्र’

हतार हतारमा मैले आफ्नो पुरानो कमिज र थोत्रो पाईंन्ट लगाएें ।एऊटा थोत्रो घडी हतार हतार नांडीमा वांधेर यस्सो घडीको सुईं पट्टी नजर लगाएें ।घडी राती सवा एक वजे नै वन्द भै सकेको रहेछ ।मैले आफ्नो नांडी जोडले हल्लाएें र घडी वांधेको हातलाई देव्रे कान सम्म पुऱ्याएर यस्सो सुनें । घडी मरेको मानिस झै निर्जिव भै सकेको रहेछ।मलाई ज्यादै नरमांईंलो लाग्यो । मैले मनमनै भनें’ यो घडी थामिए झैं समय पनि थामिए कत्ति राम्रो हुने थियो ।झ्यालवाट छिरेको घामको छांया लम्विंदै आयो ।मैले सोचें ‘दस त अघि नै वजीसकेको होला ।

घरवाट निस्केर वागवजारको गल्छेडोमा पान पसलेलाई ‘ए रामधन कति बज्यो हं ? भनेर सोधेको ‘साढे दस भन्दै ऊ पानमा चूना दल्न थाल्यो ।म त्यहीं एक छिन अडिएर गम्न थालें -‘ यहीं निरबाट भोलामान र मलाई प्रहरीले लखेटदै यही गल्लीको वाटो वसस्टप सम्म पुऱ्याएका थिए र भाग्दा भाग्दै पनि मैले ढाडमा एक लठ्ठी खाएर अईंया भनेर चिच्याएको थिएें ।गम्दा गम्दै मैले आफ्नो शरीरलाई यस्सो छामें र मनमनै भनें’ कस्तो दुखले प्रजातंन्त्र ल्याएको ।

प्रजातंन्त्रको आगमन पछि म त्यहीं वागवजारकै एऊटा छापाखानावाट साथी पुरषोत्तमले निकाल्दै गरेको अखवारमा काम गर्न थालें ।छापाखाना र म वस्ने डेराको दुरी ज्यादा थिएन ।त्यस दिन म चाडैं घर फर्कें । कोठाको एक कुनामा जुत्ता फुकालेर राखें र पुरानो वेंतको मेंचमा एकै छिन थचक्क वसें ।मलाई एक कप चीया खान मन लाग्यो र त्यही पुरानो स्टोभमा दम दिन थालें र चीया वसालेर फेरि त्यही मेंचमा आएर वसें ।मैले अनायसै आफ्नो खुट्टापट्टी नजर लगाएको त खुट्टाको वुढी औंला वाहिर निस्की राखेको रहेछ ।मैले मनमनै भनें-‘यो मोजाले कम्पुटर कोठामा मेरो कत्रो वेईज्जती गऱ्यो ‘सोच्दा सोच्दै समय धेरै नै वितेछ ।चीया पाकेको पत्तो नै पाईंन ।

एक कप चीया खाएर मैले आजै मात्र किनेको अखवार पल्टाएर हेर्न थालें ।पहिलो पृष्ठमा नै आफ्नो साथीको तस्वीर छापिएको देखेर म झसंड्ग भएें ।अरे दिलवहादुर त महाप्रवन्धक भएछ ।हरे मलाई आज मात्रै थाहा भयो ।म ज्यादै प्रफुलित भएर एकछिन आफैलाई विर्षें र विस्मृतिका केही घटनाहरू मेरो मनस्थितिमा आऊन थाले ।

पाहाड घरवाट म्याक्ट्रीक पास भए पछि काठमाण्डौं हिंडने वेलामा मेरी आमाले केही भुटेको मकै र चामलको खट्टे एऊटा लुगामा पोको पारेर ‘वावु नरेन्द्र ,तिमी यो भोलामान र दिलवहादुर तिमी तिनै जानालाई पुग्ने खाजा वांधी दिएकी छु , तिमीहरू वांडीचूंडी खानु र खुव मनलगाएर पढनु भन्दै गहभरि आँशु पार्दै विदा दिनु भएको थियो ।’हवस आमा’ भन्दै हामी तीनै जानाले ति ममतामयी आमाको खुट्टा ढोकेका थियौं ।हुन पनि ति वृद्धाले म दिलवहादुर र भोलामान हामी तीनै जानालाई आफ्नै कोखवाट जन्मेको छोरा भन्दा फरक कहिल्यै ठान्नु भएन ।भोलामान घरको एकदमै सम्पन्न थियो ।एकदम तृक्ष्ण वुद्धि भएको, सुरो, मेधावी र होनहार ।ऊस्का विचार एकदमै क्रांन्तिकारी थिए ।जहिले पनि समाजिक परिवर्तनको कुरा गर्थ्यो ।ऊ भन्ने गर्थ्यो ‘ यो नेपालको दुर्भाग्य नै यही सामन्ती परिवेश हो । यो सामाजिक कुसंस्कारवाट यो नेपाललाई मुक्ति दिलाऊनु पर्छ ।भोलामान वोल्दा म र दिलवहादुर ऊस्लाई हौसला दिन्थ्यौं ।म, भोलामान र दिलवादुर तीन प्रांण भए पनि एऊटै ज्यान थियौं ,एकदमै अभिन्न ।

काठमाण्डू आएर मेरै वागवजारको डेरामा हामी तीनै जाना वस्न थाल्यौं ।क्याम्पसमा तिनताका एकदमै पढाईको वातावरण थिएन ।सवै छात्र,छात्रा,शिक्षक कर्मचारी सवैमा क्रांन्तिको अदम्य ऊत्साह थियो ।सवै सोच्थे यो व्यवस्था गयो भने सामन्ती परिवेशवाट नेपाली समाजले मुक्ति पाऊने छ ।

त्यत्तिकैमा म झल्यास्स भएें ।कसैले ढोका ढकढकाए जस्तो लाग्यो र मैले ऊघारें ।ढोका ऊघार्ने वित्तिकै एऊटा अधवैंशे कराऊन थाल्यो ‘खोई वावु घरको वाहाल तिर्नु पर्दैन ?आज कति गते हो थाहा छ ?आज १४ गते हो । मलाई त यही वाहाल आऊला र गरज टारौंला भन्ने छ ।घरैबाट झिकाएर पनि तिर्छु भन्या होईन ?खोई ? यही हो चाला ?घरवेटी वुढा एकदमै च्यंठिएर कराऊन थाल्यो ।मैले आफ्नो सफाईमा केही भन्नै पाईन । कुरा छोट्याएें ।’साहू वा एक दुई दिनमा अखवारको पैसा वुझ्छु र तपाईंको वाहाल तिर्छु , अहिलेलाई विन्ति छ वेईज्जत नगरिदिनुहोस ।

ल ल आज वुधवार भयो, आऊने मंगलवार सम्ममा कुनै हालतले पनि वाहाल तिरीदिनु पर्छ ।अनि पानीको…विजूलीको….भन्दै फतफताऊंदै ऊ तल ओर्लियो ।ऊस्ले झपारेका तीखा वाक्यहरू पनि पातलिएर टाढिए ।मैले एकै छिन मुक्तिको अनुभव गरें र मनमनै सोचें -हरे दुश्मनलाई पनि काठमाण्डौंमा वाहालमा बस्नु नपरोस ।

त्यो सांझ मलाई कतै जान मन लागेन ।राती एऊटा साथी आयो र मलाई सल्लाह दियो ‘ नरेन्द्र ,यो वौद्धिक वेश्यावृतिको समाजमा तिमी कुन परिवर्तनको कुरा गर्दै छौ …,?तिमीलाई पेटसम्म पाल्नु छ भनें मेरो एऊटा कुरा मान्छौं?भन्दै ऊस्ले मेरो कानमा भन्यो-‘ तिमी अश्लील साहित्य लेख,तिमी दुई छाक खाएर वाच्न सक्छौ ‘।’समागम’ ‘अभिसारीता’जस्ता । मेरो आंड्ग सिरींड्ग गऱ्यो र मैले ति मित्रलाई नराम्रो व्यवहार गरेर कोठावाट वाहिर निकाल्नु पऱ्यो ।

मेरो त्यो साथी कोठावाट वाहिर निस्के पछि मैले एऊटा धूप भोलामानको फोटोको फ्रेममा यस्सो घुसारेर ऊस्लाई प्रणाम गरें ।मेरो गह भरिएर आए । मैले दुवै हात जोडदै भोलामानसंग माफी मागें ।-भोलामान मलाई माफ गर । म तिम्रो साथी भन्न वन्न अझै सकेको छुंईन । भोलामान तिमीले सुन्यौ ? परिवर्तनको जुन संघार ऊघार्न तिमी ऊत्सर्गित भयौ,त्यसै संघारवाट कस्ता विभत्स अनुहारहरू भित्र छिरेछन त ?आज हेर मेरो यो गति ?मैले द्ई छाक खान र पढन आज कलमै घोटनु पर्दा पनि मलाई तँ अश्लील साहित्य लेख अनि खान पाऊंछस भन्नेहरू म कहां निर्धक्क आऊन थालेका छन् ।फेरि भोलामान यो ईमान्दारीको जिन्दगी , एकहरो जिन्दगीलाई ठेल्दा ठेल्दा म कहां सम्म लै जान सकुंला ? तिमी नै भन साथी म के गरूं ?

वोल्दा वोल्दै मेरा गह भरिए छन र आंखा कुन वेला लागे थहा पाऊनै सकिन ।सपनामा भोलामान आएर मेरो कपाल सुमसुम्याएको थियो ।मैले ऊस्को हत्केला समाएको थिएें ।मैले निद्रैमा भोलामानको हात छाडीदिए भनें ऊ फेरि कहां अनन्तमा पुग्नेछ र म सित भेट हुने छैन भन्ने अनुभूतिले विचलित गराऊन थाल्यो ।तर भोलामान एकै छिन वसेर फेरि अल्प भयो ।तत्कालै मेरो निद्रा खुलेछ ,फेरि धेरै प्रयत्न गर्दा पनि निधाऊन सकिन ।

रात भरको अनिंदो पछि विहान विछ्यौना छाडेर कोठैमा डुल्न थालें ।मनमा विभिन्न प्रकारका तर्क वितर्क आऊन थाले ।वैनी स्कूल जान सकि होला कि सकिन होला ?दाजु त धेरै नपढेकाले आफ्नै संसारमा मस्त हुनुहुंदो हो ।आमाको छाती दुख्ने गर्थ्यो कस्तो भयो होला ?पाहाड घरका हामी एक मानो खान पुग्ने न हौं ,ऊस्तो विधि हैसियत कहां हुन्छ र ?घरवाट वैनीलाई सरू हिंड काठमाण्डौं हिंड तँलाई ऊतै पढाऊंछु भन्ने हुति ममा पनि कहां छ र ?यो प्रजातान्त्रिक व्यवस्थामा पनि एऊटा स्यानो कक्षामा भर्ना गराऊंदा १०/१५ हजार लाग्ने कुरा साथीहरू भन्छन ।आमा हिंडनुस काठमाण्डौं जाऔं म हजूरको ईलाज गराऊंछु भन्ने हिम्मत म मा छैन ।यो क्रान्तिकारी परिवर्तन पछिको मेरो देशमा स्वास्थ र शिक्षा जस्ता न्यूनतम आवश्यक कुराको त व्यवस्था हुन सकेको छैन, अरूको त के कुरा ?कुरा गम्दागम्दै रात पातलिंदै गयो ।शायद विहानको तीन या चार वजेको हुंदो हो ।मैले झ्याल खोलेर यस्सो ऊघारेको त जाडो महिना भएरै होला सडक टम्म हुस्सुले ढाकेको थियो ।चिस्सो हावा मेरो कोठा भित्र छिऱ्यो ,मलाई एक जात जाडो लागेन । तल हेरें सडकलाई र विस्मृतिका केही घटना मेरो मनस्थितिमा आऊन थाले -अहो कस्तो भींड थियो ।

म र दिलवहादुर यहींबाट भागेका थियौं ।भोलामान चांही प्रजातन्त्र अमर रहोस भन्दै अगाडि बढेको थियो ।फेरि एकाएक डड्याड्ग,डुडुड्ग गोली चल्न थालेको थियो ।भोलामानअवाक भएर भूंईमा पछारिएको थियो र प्रहरीको एऊटा भ्यान ले घिसार्दै लगेको थियो ।तीन चार दिन पछि हाम्रो अनेक प्रयास पछि एक हूल प्रहरी आएर भोलामानको चिसो मृत शरीर ल्याएर हाम्रो पिंढीमा पछारेर -‘चूपचाप क्रीया क्रम गर्नु-वढी कुरा गर्ने होईन ‘भनेर गएका थिए ।

हरेक दिनको नित्यकर्म झै म हतार हतार मुख हात धोएर अलिकति जाऊलो खाएर अखवार निकाल्ने प्रेस तर्फ लागें ।प्रेसमा पुग्ने वित्तिकै प्रेस मालिकले एऊटा पत्र आएको छ तपाईको नाममा भनेर चिठ्ठी मेरो हातमा राखी दिए ।हत्त न पत्त चिठ्ठी खोलें ।चिठ्ठी घरवाट दाजुले पठाऊनु भएको रहेछ ।मैले चिठ्ठी पढें –
प्रिय भाई,

चूनाव ताका तिमी आऊछ्यौ कि भनेर हामी वाटो हेरि रह्यौ ,तिमी आएनौ ।यता आमाको स्वास्थ पनि दिनानुदिन विग्रदै छ, । मेरो विचारमा आमालाई काठमाण्डौं सम्म लगेर ईलाज गराऊन पाए हाम्रो मनमा पनि शान्ती हुने थियो । तिम्रो साथी दिलवहादुर पनि जि एम. भएका छन अरे ,तिमी जे भन्छ्यौ, म त्यही गर्छु ।तिम्रो पत्रको प्रतिक्षामा ,तिम्रो दाजु ।

त्यो चिठ्ठीले मलाई दिनभरि दुखी वनाई राख्यो ।घरमा आमा विरामी हुनुहुन्छ अरे,कठै ,मैले के गर्ने होला ?आज मेरो यो हैसियत देखेर दिलवहादुरले मलाई वास्ता गरेन भनें,त्यो भन्दा मर्णान्त अरू के होला ?

आदि ईत्यादि राम्रा नराम्रा कुराहरू मनमा आई राखे र मन मनै भनें-‘एकचोटी दिलवहादुरलाई गएर भेटी हेर्नु पऱ्यो । पछि ऊस्ले मलाई भनेनौं त भन्ने मौका पनि त रहदैन भन्ने विचारले एक छिन दिलवहादुरलाई भेटी हाल्नु पऱ्यो भन्दै डेरा तिर लागें ।

राती कुनै काममा मन लागेन ।मनमा अनेक कुरा आऊन थाले ।आमा,दाजु,सरू र गाऊलेलाई सम्झि राखें ।राती कुन वेला अवेरमा निंद्रा लागेछ थाहै पाईन ।

भोलीपल्ट चांडै ऊठन सकिन ।गए रातीकै कुराले सताई राखे ।मैले मनमनै सोचें-‘म र त्यो दिलवहादुरमा नै कति फरक छ ।म सम्झौता गर्न नसक्ने एकहरो भएरै होला यस्तो विघ्न दुख पाई राखेको छु। दिलवहादुरले प्रजातंन्त्र पछि चलेको हावा कतावाट कता पट्टी बग्दै छ थाहा पाए छ क्यार ऊ त क्रान्ति सकिनासाथ “ल है नरेन्द्र यो स्यानो कोठामा म वस्नाले तिमीलाई अपठ्यारो भयो होला” भन्दै मिठो कुरा गरेर म सित विदा भएको थियो । र त्यस पछि धेरै दिन सम्म दिलवहदुरसंग भेट हुन सकेन र अस्तिं सिंहदरवारको ढोकामा भेट हुंदा मेरो हात समाएर धेरै वेर सम्म मलाई छाडदै छाडेन । कुनै मंत्रीको सचिव भएको रहेछ ।मोटो घाटो दनदनाऊंदो । विदेश पनि धेरै घुमिसकेको रहेछ । मलाई ऊ भन्दै थियो-नरेन्द्र यो मदनदाई मलाई छाडदै छाडनु हुन्न ।ऊहांलाई तीन तीन ओटा मंन्त्रालय सम्हान्न क्या गाह्रो ! दिलवहादुरले धेरै वेर सम्म मेरो हात सुमसुम्याई रह्यो ।हामी दुवैले भोलामानलाई सम्झ्यौं ।भोलीमानको प्रंसंड्ग ऊठने वित्तिकै ऊस्ले भन्यो- “थाहा पायौ नरेन्द्र ,भोलामानले मनपराएकी केटी थिई नि त्यही क्या विशालनगरकी ऊस्को त विहा भएछ नि “

दिलवहादुरसंग छुट्टीएर त्यसदिन म लुरू लुरू आफ्नो डेरा तिर फर्किन लागेको थिएें ।वाटोमा भोलामान र ऊस्ले मनपराएकी त्यो केटीवारे धेरै कुरा मनमनै गम्न थालें ।भोलामानले त्यो केटीलाई मनपराएको कुरा शायद ऊस्लाई भन्न पनि भ्याएको थिएन होला तै पनि ऊस्ले त्यो केटीलाई आफ्नो अन्तरमनमा राखेर कति मिठा मिठा कल्पनाको तानावाना वुनेको थियो ।त्यो कुराको प्रत्यक्ष साक्षी या त म थिएें, या दिलवहादुरनै थियो ,या त हाम्रो वाहालको कोठा र भोलामानका कविताहरू ।

त्यै पनि त्यो केटीको विहा भएको सुनेर मलाई ज्यादै नरमाईंलो लाग्यो ।कस्तो भवनात्मक सम्वन्ध हुन्छ मान्छे मान्छेमा ।कहिले आफन्तहरू पनि पराया लाग्छन, कहिले अपरिचितहरू सित त्यसै त्यसै मायां वसीदिन्छ ।

त्यसदिन विस्मृतिको एऊटा खाटा वससीसकेको घाऊ कोट्याएर दिलवहादुरले राम्रो काम गरेको थिएन र त्यस पछि चाहेर होस वा नचाहेरै दिलवहदुरसंग मेरो भेट भएको थिएन ।फेरि मैले मनमनै सोचें-“आन्दोलन पछि जम्मा एकचोटी भेट भएको छ, पहिले भेटदा मंत्रीको पि.ए थियो ,अहिले जि.एम छ रे , के ऊस्ले अव पनि मसंग ऊस्तै आत्मियता देखाऊला त ?

अर्को दिन ज्यादै कोशिस गरेर मैले आफूलाई दिलवहदुरसंग भेटनका लागि मानसिकरूपमा तयार पारें ।

म संग राम्रो लुगा थिएन,कमीज अलि मैलो रहेछ, मैले मनमनै सोचें” मैलो भएर के भो त ,जाडोको महिना छ, माथिवाट स्वीटर लगाए पछि कमीज मैलो भएको कस्ले थाहा पाऊंछ र ?फेरि आफ्नो त्यही पुरानो पाईन्ट लगाएें र कोठाको एऊटा कांटीमा झुन्डाईएको एेना हेरें -कंचट तिर सेताम्मै भएर आएको रहेछ । भरखर तुसारोले ढाकेको थुम्को जस्तो आफ्नो टाऊको देखेर ज्यादै विरक्त लाग्यो ।आंखाको डील पनि स्नायुहरू खुम्चिएर तीन चार मुजा परेका थिए ।जुगां पनि ठाऊ ठाऊंमा फुलेर आएको थियो ।त्यसदिन मलाई आफ्नो अनुहार देखेर विरक्त लाग्यो र झट्ट दिलवहादुरलाई सिंहदरवार अगाडि भेटदाको दनदनाऊदो ऊस्को अनुहार सम्झें ।ऊच्च ललाटमा घामको प्रतिछायां पर्दा दिलवहादुरको अनुहार धपक्क वलेको थियो ।मैले मनमनै भनें-पि.ए हुंदा त साथी त्यस्तो थियो,अहिले जि.यम भए पछि कस्तो भयो होला ?

हतार हतार म रत्नपार्क गएे र साथी दिलवहादुरको अफिस जाने वस चढें ।वस अफिस अगाडि नै गएर थामियो । म सरासर भत्र गएें र साथीको कोठा हेरें ।साथीको कोठा वाहिर ऊस्को नाम लेखेको देखेर एकप्रकारको खुशीलाग्यो र भित्र च्याए । पि.ए ले वडो नम्र भएर सोधे-यहाले कस्लाई खोज्नु भो क्यार ?
मैले भनें-एकचोटी जि.एम साहेवलाई भेटन पाईएला कि ?

ऊस्ले एऊटा स्यानो कागजको टुक्रा दियो र आफ्नो नाम लेख्न भन्यो ।नाम लेख्दा लेख्दै म भुतभुताएें-आफ्नो साथीलाई भेटन पनि क्या गाह्रो । पि.ए ले मेरो कुरा नपत्याएझै गरि मेरो परिधान पट्टी हेऱ्यो ।शायद ऊस्ले मेरो कथन पत्याएन ।दिलवहादुरलाई भेटन म भन्दा अगाडि पनि २/४ जाना आएर वसेका थिए ।खाए लाए जस्ता ती आगन्तुक र आफूलाई दाच्दा मलाई ज्यादै हीनतावोध भै रहेको थियो ।

धेरै वेर प्रतिक्षा गरे पछि मैले पि.ए लाई सोधें’भाई मेरो पालो कतिखेर आऊंछ होला ?’

‘म भन्न सक्दिन तपाईको चीट भित्र पुऱ्याई दिएको छु’।समय भए जि.एम साहेवले वोलाऊनु हुनेछ…..फेरि आज मंत्रालयमा मिटींग…ऊस्ले कुरा पुरा पनि गर्न भ्याएको थिएन कि भित्रवाट एऊटा ठूलो कालो व्याग दाहिने हातमा झुन्ड्याऊंदै दिलवहादुर आगन्तुक कोठा तिर छिऱ्यो र पि.ए पट्टी फर्केर निर्देशन दिने भाषामा -रामसिंह आज मेरो मंत्रालयमा मिटिंड्ग छ,आजलाई कुनै भेटघाटको कार्यक्रम नराख्नु “

ऊस्ले त्यसै वेला भित्र वसेका आगन्तुकहरू पट्टी हेऱ्यो ।त्याहां ऊस्लाई कोही परिचित जस्तो लागेन , झट्ट ऊस्का आँखा म पट्टी परे।मैले त ऊसंग आंखा जुधाऊने हिम्मतै गर्न सकिन । ऊस्ले मलाई ईंगीत गर्दै भन्यो-‘नरेन्द्र तिमी भोली आऊ ल आज मलाई एकदम अवेर भयो ,भोली भेटौंला भन्दै ऊ विद्धुतिय वेगका साथ फुत्त वाहिर निस्कियो ।

मलाई ज्यादै नरमाईलो लागेर आयो। मैले सोचेको थिएें दिलवहादुरले मलाई देख्ने वित्तिकै झट्ट अंगालो हाल्ला । संचो विसंचो सोध्ला ।मेरो हात सुमसुम्याएर पूर्ववत् स्नेह देखाऊला ।तर ऊस्को त्यो व्यवहार देखेर म छक्क परें । कस्तो अप्रत्यासित परिवर्तन ! पदीय गुमानको कस्तो निम्न प्रदर्शन !मलाई लाग्यो ऊ त्यही हिल्लेरी वजारको गुन्द्रुके हाटमा जन्मेको पुडके खर्दारको एक मानें दिलवहादुर हो कि अरू नै कोही हो ।मलाई त छानावाट झरे झैं भयो ।

तै पनि मलाई एकचोटी दिलवहदुरलाई नभेटी भएको थिएन ।आफ्नो लागि त शायद मलाई भेटने ईच्छा पनि हुने थिएन होला,तर आमा विरामी हुनुहुन्छ भन्ने कुरा थहा पाए पछि मैले तुरन्त गुहार माग्न सक्ने ठाऊं जम्मा दुईट्टै थियो । एक या त भोलामान कहां या त दिलवहादुर संगै ।

वास्तवमा दिलवहादुर हिल्लेरी वजारको गुंन्द्रुके हाटको पुडके खर्दारको टुहुरो छोरा थियो र मेरी आमाले ऊस्लाई पुत्रवत् स्नेह दिएर हुर्काऊनु भएको थियो र मेरो मन अझै भन्छ-आमा विरामी हुनु भएको खवर मैले ऊस्लाई तुरन्त दिनु पर्थ्यो किनकि मैले,भोलामानले र दिलवहादुरतीनै जनाले एकैचोटी आमाको खुट्टा ढोकेर काठमाण्डौं आएका थियौं ।

म त्यहांवाट हिंडेर डेरा तर्फ लागें ।जाडोको महिना हुनाले घाम अझै लागेको थिएन ।आज दुई दिन देखि मौषम यस्तै खराव थियो ।

भोलीपल्ट पनि मौषम ऊस्तै रह्यो ।पानी परी रह्यो ।विहान नौ वजे तिर एकै छिन पानी थामियो ।मैले सोचें-“यही पानी थामिएको वेला साथीलाई भेटन जाऊ क्यार ।म हतार हतार बाहिर निस्कें ।म सित छाता थिएन ।जाडो महिनामा पानी परेको र एकै छिन थामिएको वेला चीसो वतासले मुटु लगलग कांपी रहेको थियो ।रत्नपार्क बस समातें र दिलवहदुरको अफिसै अगाडि गएर बस थामियो ।म बसवाट ओर्लीने वेलामा फेरि एकपल्ट मुसलधारे पानी पर्न थाल्यो ।म तै पनि बसवाट ऊत्रनुनै पर्थ्यो ।म निर्थुक्कै भिजेर दिलवहादुरको अफिस भित्र छिरें ।रामसिंह नाम भएका ऊस्का पि.ए मट्टीतेलको हिटरमा आफ्नो पाईतला सेक्दै रहेछन ।मेरो त्यो दशा देखेर ऊन्लाई माया लागेछ क्यार र ऊन्ले मलाई आफू निरैको खाली कुर्सिमा बस्न भने र हिटरको राप म तिर फर्काऊंदै मलाई भने-‘नरेन्द्रदाई तपाईले आज व्यर्थैमा दुख पाऊनु भयो जस्तो छ , आज त झन मंत्रालयमा दिन भरिनै मिटिड्ग होला जस्तो छ ।

अवसम्म मलाई असह्य भै सकेको थियो ।मैले रामसिंहलाई भनें -‘ त्यसो नभन्नुस न भाई आज त मैले जी.एम साहेवलाई नभेटी भा’छैन ।
ऊस्ले वडो भावुक भएर भन्यो -‘भनेर के गर्ने?
मैले भनें-आज त ४ वजे सम्म रूंगेर भए पनि भेटेरै जानु पर्छ ।”
ऊ एकदम असम्वन्धित जस्तो भएर भन्यो’त्यो त तपाईको मर्जि ‘

रामसिंहको कोठामा वलेको हिटरले गर्दा गम्म न्यानो भएकोले वाहिर जाडोको अनुमान गर्न सकिंदैन थियो ।मैले रामसिंह वस्ने कुर्सि पछाडिको झ्यालको सिसा तिर हेरें -वाहिर धुमधाम पानी परिरहेको थियो ।र पानी तत्त्कालै थामिएला जस्तो थिएन ।दिलवहादुरलाई पर्खदा पर्खदै चार वजेछ ।ऊ मंत्रालयमा मिटिंड्ग छ भनेर त्यो दिन अफिस आऊंदै आएन ।चार वजे अफिस छुटछ र दिलवहादुर नआऊने पक्का भए पछि मैले हतास भएर फर्कने निर्णय गरें ।

रामसिंहसंग मात्र भेटेर चित्त दुखाएर म वाहिर सडकमा निस्कें र दिलवहादुरको अफिसपट्टी फर्केर एकचोटी हेरें ।वाहिर असाध्यै जाडो थियो ।सडकमा मुसो थिएन ।आकास पट्टी हेरेको वादल कालो निलो भएर आएको थियो ।

सडक किनारमा स-साना वोट विरूवा र ठूला रूखका हांगाहरू खसेर सडकमा व्यवधान खडा गरेका थिए ।म भूतभूताएें-‘वाफ रे वाहिर त क्या हुरी वतास चलेको रहेछ ।

वाहिर निक्कै जाडो थियो, तर मलाई एक जात जाडो लागेको थिएन ।केवल कानमा चीसो हावाको सिरेटोले केही विझाए झै भएको थियो ।

यत्तिकैमा एऊटा बस म निर आएर रोकियो र बस कन्डेक्टरले म पट्टी फर्केर भन्यो -‘ल ल दाई जाने भए छिटो आऊनुस,हेर्नुस मौषम एकदम खराव हुंदै छ, ल ल छिट्टो ‘

मैले यसो आकासपट्टी फर्केर हेरें । कालो मुस्लो र हुरी वतास आऊला जस्तो ।यस्तोमा चांडो डेरा पुग्न पाए हुने थियो भन्दै म बस भित्र छिरें ।

बस गुडन थाल्यो ।एकै छिन पछि बसको कन्डक्टर पैसा ऊठाऊंदै म निर आयो । म अनकनाएें ।अरू थुप्रै सहयात्रीहरू म तिर हेर्दै गरेको देखेर मलाई एक प्रकारले लाज पनि लागिरहेको थियो ।मैले हतार हतार केही खोजेझै गरेर आफ्नो पैंटको खल्तीमा हात हालें ।खल्तीको अन्तरमा एकमोहर अडकेको रहेछ ।शायद त्यो मोहर मेरो ईज्जत जोगाऊनै त्यहां आएको थियो ।मैले त्यो मोहर कन्डक्टरको हातमा राख्दै भनें-“भाई म सित यो भन्दा वढी छैन ।कनडक्टरले मेरो मजवुरी वुझेछ क्यार केही नभनी अगाडि वड्यो ।

रत्नपार्कमा म ऊत्रदां पानी थामिएको थिएन ।म पानीमा निंथुक्रै भिज्दै आफ्नो डेरा कोठा तिर लागें ।बाटो भरि मेरो मनमा अनगिन्ति कुराहरू झ्वाट्ट आऊंदै विलाऊंदै गर्न थाले ।झुलुक्क भोलामान मेरो अगाडि प्रकट भए झैं लाग्यो र मैले ऊस्लाई भनें’देख्यो भोलामान म जस्ता जुलुसवाट भाग्नेको गति ?म जुलुसवाट भगेर के भो त? जीवनसित, वास्तविकतासित त भाग्न सकिन नि !

त्यस्तो जाडोम पनि मलाई खल खल पसिना आई रहेको थियो ।म डेरा कोठामा पुग्दा झमक्क अध्यारो भई सकेको थियो ।म थाकेर चूर भएको थिएें ।भिजेको लुगा फेर्ने जांगर पनि म मा थिएन ।म निंथुक्र परेको,भिजेको त्यही लुगा लगाएर वेचको त्यही थोत्रो मेंचमा थचक्क वसें र आंखा चिम्लेर भुतभुताएें आमा…सरू…दाजु ….भोलामान !

२०५६ कार्तिकको गरिमामा प्रकाशित

राजिमत्र प्रांगण
वासुकीमार्ग,वानेश्वर
काठमाणडौं
हाल: वोस्टन अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया