विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र कि सामाजिक अभियन्ता सबिता उप्रेती अस्ट्रेलियामा ,भवन निर्माणको लागि सहयोग सुरु

इनेप्लिज २०७६ जेठ २३ गते २१:३९ मा प्रकाशित

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र कि सामाजिक अभियन्ता सबिता उप्रेती हाल अस्ट्रेलियाको भ्रमणमा रहेकी छिन् । एसएसडीआरसी को भवन निर्माणको लागि सहयोग संकलन गर्न एनआरएनए अष्ट्रेलियाको संयोजन र सहकार्यमा सामाजिक अभियन्ता तथा एसएसडीआरसी को अध्यक्ष उप्रेती करिब एक महिनाको अष्ट्रेलिया भ्रमणमा हुने छिन ।

डार्विन र ब्रीसबेनमा ‘च्यारिटी डिनर विथ सबिता उप्रेती ‘ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबिताले आफ्नो सामाजिक कार्य ,संस्था र भवनको प्रोजेक्टको बारेमा प्रस्तुतिकरण र अन्तरक्रिया गरेकी थिइन । सबिताको अटिजम बालबालिकाको सेवा प्रतिको लगाव र समर्पण सहित संस्थाको काम र भावी उदेश्यको बारेमा प्रभावित भई डार्विन र ब्रीसबेनका नेपालीहरुले खुलेर प्रशंसा गर्दै मन खोलेर सहयोग गरेका छन । एनआरएनए एनटि एससीसी डार्विनमा १६००० अष्ट्रेलियन डलर संकलन भएको छ ।

ब्रीसबेनमा संकलन हुँदैछ भने एडिलेटमा जुन ९ र सिड्नीमा जुन १० मा कार्यक्रम रहेको छ । एसएसडीआरसीको आफ्नै भवन निर्माण गरिअटिजम भएका बालबालिकाहरुलाई अपांगता मैत्री भवन निमार्ण गर्न सबिता उप्रेतीले सम्पुर्ण नेपालीहरुलाई एउटा इटाईटा थपेर सहयोग गरि यो पुन्य काममा सरिक हुन अपिल गरेकी छन ।

एसएसडीआरसी को नेपालमा बिगत ९ बर्ष देखि अटिजम भएका बालबालिकाहरुको शिक्षा ,स्वास्थ्य र पुनर्स्थापनामा साथै जनचेतना र पैरवीमा सकृय रुपमा काम गरिरहेको बिशुद्ध सामाजिक संस्था हो । नियमित दाताको सहयोग बिना संचालित यस संस्थामा हाल ४५ जना बालबालिकाहरुले सेवा प्राप्त गरिरहेका छन भने २६ जना कर्मचारीहरु लगायत साइकोलोजिष्ट,फिजियो थेरापिष्ट,स्पीच थेरापिष्ट र डाक्टरहरु सेवामा कार्यरत रहेको छन ।

नियमित स्रोत,साधन र भौतिक पुर्वधारको अभावको कारण धेरै बालबालिकाहरु भर्नाको लागि प्रतिक्षा सुचिमा मा छन । सबिता उप्रेती समाज कल्याण परिषदको राष्ट्रिय अपांगकोषको शारीरिक पुनर्स्थापना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृतको रुपमा काम गर्दा फिल्डमा जाने क्रममा नेपालको विभिन्न ठाउमा अटिजम भएका बालबालिकाहरुलाइ थुनेर बाधेर राखेको नाजुक अवस्था देखे पछि आफ्नो जागिर छोडेर मेरो बिबाहमा लाग्ने खर्च र उपहारको खर्च अहिले दिनुस भनेर विवाह नगरी ५ लाख जम्मा गरेर २ जना बालबालिकाबाट २०६७ सालमा एसएसडिआरसी स्थापना गरि आफ्नु ब्यक्तिगत स्वार्थ त्यागेर अटिजम बालबालिकाहरुको सेवामा समर्पित छन ।

आजको युवामा माझ छुटै पहिचान बनाउन सफल सबिता र एसएसडिआरसी (SSDRC )ले २ वटा अन्तर्राष्ट्रिय र दर्जनौ राष्ट्रिय सम्मान र पुरस्कारबाट सम्मानित भई सकेका छन् ।

प्रतिक्रिया