कैलाली र कञ्चनपुरमा हावाहुरी: ४० घाइते सयौं घर र गाडी समेत उडायो (भिडियो हेर्नुस्)

इनेप्लिज २०७६ जेठ २३ गते २१:३३ मा प्रकाशित

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ । स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए ।

ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया