पत्रकार महसंघ कतार शाखाको कार्यक्रम तयारी पूरा

भोला थापा,कतार २०७६ जेठ २२ गते १०:३२ मा प्रकाशित

दोहा- नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजन गर्न लागेको मनोरञ्जन साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । आज बसेको महासंघ कतारको छलफलका क्रममा करिब करिब कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष करिम बक्सँ मियाँले जानकारी दिनुभयो ।

छलफलकै क्रममा मियाँले कलाकार सोताङ/प्रशिक्षक पोख्रेल आगमी ११ जुनमा कतार आउने पक्का भएको जानकारी दिनुभयो । साथै उहाँले कतारमा बिशेषत सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तकृया तथा खबरदारि कार्यक्रमहरु गर्दै आईरहेको कतार शाखाले साँगितिक कार्यक्रममा पहिलो अनुभव रहेको हुदाँ कतारमा रहेका नेपाली समुदयाहरुले आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीती भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन आग्रह समेत गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघले उक्त दिन दुई किसीमको कार्यक्रम गर्ने भएको छ , जसमा कुन कार्यक्रममा कतिको सम्मको टिकट लिनु पर्ने र कुन समयमा जाने भन्ने कुरा महासंघले छलफकाक्रममा जानकारीदिएको छ ।

जसमा महासंघले पहिलो कार्यक्रम “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” स्थानिय समयअनुसार तोकिएको स्थानमा बिहान ठिक १० बजे बाट सुरु गर्ने छ भने, तालिम पश्चात सहभागीहरुलाई एक दिने पत्रकारिता तालीम प्रमाण पत्र वितरण गर्ने छ भने उक्त कार्यक्रमका लागी टिकट शुल्क कतारी रियाल ५० निर्धारण गरिएको छ ।

यसै गरि प्रशिक्षण कार्यक्रम पश्चात सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” दिनको ३ बजे बाट सुरु हुने उक्त कार्यक्रममा उदयमनिला सोताङ युगल जोडिले कतारबासी नेपालीजनहरुलाई मिठा मिठा गितले भरपुर मनोरञ्जन दिलाउने छन । साथै उक्त कार्यक्रमका लागी आयोजकले विभिन्न तहका टिकट पनि उपलब्ध रहेको जानकारी दिएको छ,

जसमा पारिवारिक तर्फ (२००) बढीमा ३ जना , प्रथम तर्फ (१००), मध्यम तर्फ ( ५०) गरि तिन प्रकारका टिकट रहेका छन ।

प्रतिक्रिया