कतारको तारे होटलमा नेपाली दोहोरी साँझ संचालन हुदै ।

करिम बक्स मियाँ २०७६ जेठ २० गते २:४० मा प्रकाशित

दोहा । आगमी ईदको अबसर पारेर कतारमा दाहोरी साँझ संचालनमा आउने भएको छ । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा आगामी ५ जुनमा “आसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट एण्ड बार“ सन्चालन हुने भएको छ ।

गैर आवासीय नेपाली संघका मध्यपुर्व सह–संयोजक तथा व्यावसायी प्रविण गुरुङ्ग तथा उहाँकी धर्मपत्नी सरिताको लगानीमा उक्त दोहोरी एण्ड गजल रेस्टुरेन्ट एण्ड बार कतारमा संचालनमा आउन लागेको हो ।

सन्चालक गुरुङ्ग अनुसार करिब ४ लाखको हारहारीमा कतारमा रहेका नेपालीजनहरुलाई भरपुर मनोरञ्जन दिने हेतुका साथ उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती झल्किने गरि दक्षिण एसियन संस्कृतिलाई समेत ध्यानमा राखेर रेस्टुरेन्टको व्यबस्थापन गरिएको रेस्टुरेन्ट एन्ड बारका सन्चालक गुरुङ्गले जानकारी दिए ।

उक्त रेस्टुरेन्ट उद्घाटन आगामी जुन ५ तारीक बेलुकी ५ बजे गरिने रेस्टुरेन्टको ग्राहक मेम्बरशिपकोलागि कतारी आईडीको आधारमा शुल्क ५० निर्धारण गरिएको भएपनी उद्घाटनमा सरिक हुनेहरुको लागि मेम्बरशिपमा ५० प्रतिशत छुट दिइने सन्चालकले जानकारी दिएका छन् ।

त्यसैगरी महिलाहरुको लागि एकपटकको लागि पेयपदार्थ निशुल्क रहने र नेपाली ग्राहकहरुको लागि मेन्युमा २० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको सन्चालक गुरुङ्गले बताए ।

प्रतिक्रिया