रमेश खरेल मन्चमा उक्लिदा जनताको हाइहाइ: ज्ञानेन्द्र शाहीको पक्षमा बोल्दा थर्कियो बानेश्वर (भिडियो )

इनेप्लिज २०७६ जेठ १९ गते १५:२५ मा प्रकाशित

पिएनपिखबर : नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाको चौतर्फी आलोचना भईरहेको छ । विना पुर्जी पक्राउ गरेर लछारपछार गरेर लागि निर्ममता पुर्वक कुटेको देख्दा सरकारकै निर्देशनमा कारवाही भएको डा. सुरेन्द्र भण्डारीको अनुमान छ। उनले सरकार भ्रष्टचारमा लिप्त भएको भन्दै भने, ‘उनलाई पक्राउ गरी यातना दिएको हेर्दा सरकारले भ्रष्टचारको संरक्षण गरेको देखिन्छ। जुन प्रहरीले यस्तो हर्कत गरे सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्नेछ नगरे हामी सरकारविरुद्ध उठ्नेछौ।’

शाहीलाई प्रहरी चौकीमा हात बाँधेर २० मिनेटसम्म लौराले कुटेर शरीर भरी निल डाम बनाइनु र हत्यारालाई जसरी हत्कडी लगाएर खान, पिसाव फेर्न समेत नदीई सुर्खेत देखि काठमाडौँसम्म सार्वजनिक बसमा लगिएको जानकारी प्राप्त भएको छ । उनको टाउको, हात, खुट्टा र ढाडमा चोटपटक धेरै लागेको छ। उनको हाल राजधानीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

सुर्खेतमा आयोजित ‘नेपालको लागि नेपाली’ अभियानको कार्यक्रम चलिरहेको बेलामा ज्ञानेन्द्र शाहीलाइ गिरफ्तार गरिएको थियो । बुधबार शाही लगायत नौ जना अभियान्तालाई प्रहरीले पक्राउ हो। ज्ञानेन्द्र शाही सहित अन्य अभियन्तालाई पक्राउ गरेको, भ्रष्टाचार र धुर्मुस सुन्तली फाउन्डेसनमाथि आक्रमण भएको र पशुपतिनाथको जग्गामा चर्च बनाइएको लगायत विरुद्धमा जेठ १८ गते माइतीघर मण्डलामा साढे १ बजे कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सर्बसाधारणहरुको ठुलै उपस्थिति रर्यो ।

नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले सडकबाट प्रहरीलाई नै ठाडो चेतावनी दिएका छन् । गैरकानुनी आदेश पालना गर्नु विवेक प्रयोग गर्न उनले सुझाव समेत दिएका छन् । पुर्व डिआईजी खरेलले अरु केके भने ? हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया