पुलिस मलाई पक्राउ गर्न आउँदा लात्तीले हान्ने, घोप्टो पारेर कुट्ने ? : अनिल योगी (भिडियो)

इनेप्लिज २०७६ जेठ १८ गते २०:४६ मा प्रकाशित

पिएनपिखबर : भ्रष्टचार विरुद्ध आवाज उठाउने ज्ञानेन्द्र शाहीलाई प्रहरी प्रशासनबाट कुटपिट हुनु अत्यन्तै दुखद घटना भएको राजनीतिक विश्लेषक अनिल योगीले बताए। उनले सुर्खेतमा जुन घटना घट्यो यसमा सिंहदरवारमा बस्ने शाशकहरुको विवेकहिनताको पराकाष्ट रहेको उनको भनाई छ।

भ्रष्टचार विरुद्ध बोल्ने व्यक्तिले केहि गलत कार्य गरेर कसैले उजुरी दिंदा राज्यले संरक्षण गर्नुपर्ने उनको टिप्पणी छ। यस्ता घटनाले जनता प्रहरीबाट असुरक्षित भएको उनले बताए। उनले भने, ‘यदि मेरो नाममा कसैले उजुरी दियो भने मलाई पनि पुलिसले पक्राउ गर्न आउँदा लात्तीले हान्ने, घोप्टो पारेर कुट्ने ? यस्तो गर्नाले राज्यविरुद्ध जनता उठ्नेछ। ‘

प्रहरीको हिरासतमा परेको अपराधीले समेत् संरक्षण पाउनुपर्ने ठाउँमा जनताको बीचमा राज्यको हितमा बोल्ने व्यक्तिलाई यस्तो हिँसा गर्नु अमानवीय काम भएको उनको भनाई छ। राजनीतिक विश्लेषक ज्ञानेन्द्र शाहीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भईरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया