रविन्द्र अधिकारीको सम्झनामा भयो यस्तो काम ! ओलीले दिए एक करोड ! वाइडबडी काण्डको कुरा के हो ?

इनेप्लिज २०७६ जेठ १८ गते २०:४१ मा प्रकाशित

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागी निस्वार्थ सेवा आवाश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित रविन्द्र अधिकारी प्रतिष्ठान घोषणा कार्यक्रममा बोल्दै उहाँले स्वार्थले प्रेरित दाउपेचले विरोधी हसाँउने बाहेक कसैलाई हित र योगदान नगर्ने बताउनुभएको हो ।

निकै भावुक मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले स्वर्गीय मन्त्री अधिकारीको बहुचर्चित वाईड बडि काण्डमा कुनै प्रकारको संलग्नता नरहेको समेत स्पष्ट पार्नुभएको छ । केहि भुईफुट्टा संस्था र तत्वहरुले यसको गलत प्रचार गरिरहेको उनले आरोप समेत ओलीले लगाउनुभयो ।

नेपाल सरकारका वाहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीको गत फाल्गुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि दुखद निधन भएको थियो ।

प्रतिक्रिया