वि.सं. २०७६ जेठ १९ गते आइतवारदेखि २५ गते शनिवार अर्थात ई.सं. २०१९ जुन ०२ देखि ०८ सम्मको साप्ताहिक राशिफल

इनेप्लिज २०७६ जेठ १८ गते २०:२१ मा प्रकाशित

यस हप्ता २० गतेसम्म शुक्र मेष राशिमा, त्यसपछि वृष राशिमा । सूर्य वृष राशिमा । मङ्गल, बुध र राहु मिथुन राशिमा । बृहस्पति वृश्चिकमा । शनि र केतु धनु राशिमा । चन्द्रमाले यस हप्ता वृष राशिदेखि कर्कट राशिसम्मको यात्रा गर्नेछन् ।

मेषः
साता मध्यम रहने छ । शुरुमा धनधातु तथा संचित कोषको अपव्यय नहोला भन्नसकिन्न । बोलीव्यवहारमा पनि सावधानी अप्नाउने र मान्छेको मन नदुखाउने तरिका अप्नाउनु उचित हुनेछ । सामाजिक तथा परोपकारजन्य कार्यमा सहभागी हुन पाइने छ । मंगलवारबाट शारीरिक फुर्तिफार्ति एवं उमङ्ग चाही बढेर आउने छ तर कामकार्य एवं व्यवसाय तथा पेशा आदिमा राखेको लक्ष्य चुम्न कठिन पर्नेछ । भातृकलहको पनि सम्भावना देखिन्छ ख्याल गर्नुहोला । पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न । प्रतिकूल प्रतित् भइरहेकोले जनव्यवहारमा ख्याल पुर्याउनु होला । यो साता तपाईले भगवान सूर्यनारायण एवं महावीर हनुमान, भैरवदेव र माँ बगलामुखीको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

वृषः
साता सुधारोन्मुख देखिएको छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । सामाजिक प्रतिष्ठा र मानसम्मान मिल्ने छ । लगानीको प्रस्ताव आउनसक्ने छ । स्वागतसत्कार मिल्नेछ । मनोरम वातावण तथा कार्यक्रम आदिमा सरिक हुनपाइने छ । अप्रत्यासित रुपमा बोलीको प्रभाव पर्नेछ । आकस्मिक रुपमा धनसंपत्ति जोडिने छ । परोपकार आदि सामाजिक कार्यबाट प्रतिष्ठा बढाउन सकिने छ । साताको अन्त्यमा शारीरिक पराक्रम बढेर आउने छ । विशेष काकमकार्यमा सफलता मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रता हासिल गर्नसकिने छ । प्रतिष्ठा तथा प्रख्याति बढेर जानेछ । साथसहयोग पनि मिल्ने छ । समयको सदुपयोग गरी स्वकर्ममा रत्रहनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायणको साथमा महावीर हनुमान, गुरु गणपति एवं भैरवदेवको भक्ति स्तुति तथा उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता मध्यम छ । शुरुका दिनमा अल्लि सावधानी अप्नाउनु पर्ने देखिएको छ । खर्च बढ्नसक्ने तथा मालसमान हराउन वा चोरी हुनसक्ने गोचरीय भय देखिएको छ, सावधानी अप्नाउनु होला । मङ्गलवारबाट वातावरणीय एवं परिवेशजन्य स्थितिमा सुधार आउने छ । व्यवसायिक उन्नति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । स्वागतसत्कार पनि मिल्ने छ । लगानीको अवसर आइपर्ने छ । क्रमशः बोलीव्यवहारको प्रभाव बढेर जानेछ । वाकवृति हुनेहरुले समयको विशेष फाइदा उठाउन सक्नुहुने छ । नाता सम्बन्धको विषयमा माधुर्यता बढ्नेछ । व्यवसायिक लाभ भने हुनेछ । यो सामाजिक कार्यमा पनि सफलता मिल्ने छ । साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधना गर्दै अघि बढ्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साता उपलब्धिमूलक देखिएको छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त हुनेछ । सहयोगी भेटिने छन् भने समर्थक बढ्ने छन् । औद्योगिक उन्नति हुनेछ । आर्थिक आर्जन हुन गई सुख र सन्तोष मिलने छ । साताको मध्यतिर सामान्यतया खर्चको मात्रा पनि बढेर जाने गोचरयोग परेको छ । घरायसी आवश्यकताका सरसमान खरिद गर्न पाइने छ । अप्रत्यासित रुपमा आकस्मिक व्यवसायिक लाभ पनि मिल्ने छ । घुमफिर आदि पनि हुनजाने छ । साताको अन्तिमतिर जनव्यवहार सामान्य रहेपनि गर्न खोजेको काम होला होला हुने तर पूरा गर्न कठिन हुनेछ । स्थितिमा अलमल्याट आउने छ । शारीरिक एवं मानसिक उर्जा भने बढ्ने छ । दैनिकी कामकार्य ठिकै रहने छ । तपाईलाई यो साता गुरु गणपति र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः
साता सामान्य अनुकूल रहने छ । शुरुमा गर्नै खोजेको कामकार्यमा सफलता पाउन अबरोध आउने छ । व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा कठिनाईको अनुभूति हुनेछ । सोँच ठूलो हुने तर उपलबिध कम हुने सम्भावना छ । आश्वासनको पनि पूर्ण भरोसा नगरेको राम्रो हुनेछ । मंगलवार पछि भने व्यवसाय, उद्योगधन्दा, पेशा तथा कर्मक्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । साथसहयोग पनि मिल्ने छ । साताको अन्तिम खण्डमा आकस्मिक खर्चको बाबजुत अप्रत्यासित लाभ एवं उपलब्धि पनि हुनेछ । यात्रादिको संभावनालाई पनि गोचरले देखाइरहेको छ । स्वास्थ्यको भने ख्याल पुर्याउनु उचित हुनेछ । संयम एवं धैर्यता पूर्वक अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । तपाईले यो साता भगवान महावीर हनुमान र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः
साता सामान्य उपलब्धि दिने खालको देखिएको छ । विभिन्न कठिनाईको बाबजुत शुरुमा केही कामकार्य सम्पादन गर्नसकिने छ । स्वास्थ्यमा सुधार आउने छ । केही अपयश एवं दबाबको बाबजुत धैर्यताले सफाइ पाइने छ । धार्मिक एवं सामाजिक कामकार्य सम्पादन गर्नसकिने छ । परोपकार आदि कार्यमा संलग्न भइ पुण्यार्जन गर्नसकिने छ । मंगलवार पछि भने विशेष कामकार्यमा अबरोध आइलाग्ने छ । राजनीति, जागिर तथा समाज सेवा आदिमा सर्त सम्झौता गरेर कामलिन सकिने छ । साताको अन्त्यखण्डमा व्यवसायिक प्रगति हुने र उचित आम्दानी गर्नसकिने छ । जसले गर्दा आर्थिक भारलाई थेग्न राहत मिल्ने छ । साथसहयोग र पेशागत प्रतिष्ठा पनि बढ्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान र भैरवदेवको स्तुति भक्ति उपाशना गर्नु शुफप्रद हुनेछ ।

तुलाः
साता शूरुमा केही संघर्ष एवं स्वास्थ्यमा मन्दता देखिनसक्ने छ । बाँकी साता सुधारोन्मुख एवं उपलब्धिकर रहने छ । आइत र सोमवार कार्यक्षेत्रमा सामान्य संघर्षको महसूसी हुनेछ । खर्च पनि बढेर जानेछ । तनाब र डरले मनमा डेरा जमाउनसक्ने छ । खानपान एवं आत्मसंयम गर्न जरुरी छ । मंगलवारदेखि समयमा सुधार आउने छ । अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । मानसम्मान मिल्नेछ, उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा जिम्मेवारी तथा भूमिका मिल्ने छ । कृषि फार्मिङ्ग, उद्योग धन्दा आदिबाट उचित मुनाफा निकाल्न सकिने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिएर उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति र माँ इन्द्रायणीको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः
साता सामान्य रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा आंशिक सफलता पाउन सकिने छ । विशेष ठानिएको काममा भने रोकावट आउनसक्ने छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । अपेक्षित उपलब्धि हुन गाह्रो परेपनि लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवार पछि भने स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा अबरोध आउनाले संघर्षको अनुभूति हुनेछ । चोटपटक आदिको भय देखिएकोले यात्रादिमा सावधानी अप्नाउनु उचित हुनेछ । शुक्र र शनिवार स्थिति सहज हुनेछ । सामान्य अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट केही लाभ मिल्ने छ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ इन्द्रायणीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ ।

धनुः
साता मिश्रित रहेको छ । शुरुका दिनमा अबरोधको बाबजुत शरीरिक आरोग्यता मिल्ने छ । अनुहारमा कान्ति बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने छ । व्यवसायिक उन्नति एवं केही लाभ मिल्ने छ । विशेष काममा भने अबरोध सृजना नहोला भन्न सकिन्न । मंगलवार पछि रङ्गरास बढ्ने छ । रमाइलो यात्रा हुने संभावना छ । प्रेम तथा दाम्पत्य सम्बन्ध प्रगाढ बन्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । तर चोटपटकको पनि भय देखिएको छ । शुक्र र शनिवार स्वास्थ्यमा समस्या देखिनसक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु पर्ला भने अन्यले पनि आहार विहार आदिमा ख्याल पुर्याउनु होला । आकस्मिक एवं अप्रत्यासित उपलब्धिको भने सम्भावना देखिएको छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव र गुरु गणपतिको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः
साता सामान्य अनुकूल देखिएको छ । शुरुका दिनमा आत्मप्रसंशाको चाहनाले अल्लि सताउनसक्ने छ । परपाउनाको स्वागत गर्न पाइने छ । लामो समयसम्म टाढा रहेको स्वजनसँग भेट्घाट हुनसक्ने छ भने शुभ खबर मिलने छ । कामकार्यमा पनि प्रगति हुनेछ । मंगलवारबाट शारीरिक उमङ्ग बढ्नेछ, तर व्यवहारिकतामा ह्रास आउने र अनावश्यक फुर्तिफार्ति हुनाले मिल्ने उपलब्धिपनि गुम्ने होकि भन्ने भय देखिन्छ । आंशिक व्यवसायिक लाभ मिल्नेछ । शुक्र र शनिवार प्रेम एवं दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । विवाह प्रसङ्ग चल्नसक्ने छ । भ्रमणको पनि सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । मानसम्मान एवं पदप्रतिष्ठा बढ्नेछ । यो साता तपाईले भगवान सूर्यनारायण, पवनपुत्र महावीर हनुमान र भैरवदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः
साता फलदायी रहने छ । शुरुका दिनमा बढी चाहना गरेको काम नबने पनि क्रमशः स्थितिमा सुधार आउने छ । सहकर्मीसँग विचारविभेको भने भय देखिएको छ । सावधानी अप्नाउँदै अघि बढ्नु उचित हुनेछ । मंगलवारबाट आत्मप्रशंसाको आसक्तिलाई संयम गर्नसकेको खण्डमा जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन कर्मीहरुको लागि लाभ एवं सफलताकर उपयुक्त समय रहने छ । विद्याको बलले मान्छेलाई प्रभाव पार्न सकिने छ । आफन्तिजनको शुभसमाचार प्राप्त गर्न सकिने छ । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने छ । यात्रा योजना तयार हुनेछ । यो साता तपाईले गुरुगणपति, भगवान सूर्यनारायण, भैरवदेव र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति गर्नाले अशुभफललाई कम गर्न र शुभफल बढाउन मद्दत मिल्नेछ ।

मीनः
साता अनुकूल देखिएको छ । विशेषकाममा अड्चन आएपनि अन्य कामकार्यमा कुशलता र पौरख बढ्ने छ । शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्नसकिने छ । केहीहद्सम्म व्यवसायिक उन्नति हुनेछ । समर्थक बढ्ने छन् । मंगलवार पछि अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने सम्भावना छ । जनव्यवहारमा ख्याल पुर्याउनु होला । शुक्र र शनिवार समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीलाई ज्ञानविज्ञान तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । भौतिक कामकार्यमा भने गोचरग्रहले त्यति साथ दिएको छैन । सन्तान पक्षबाट भने केही सन्तुष्टि मिल्ने छ । व्यवहारिकताको जरुरी पर्ने देखिएको छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव, गुरु गाणपतिको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

प्रतिक्रिया