प्रधानमन्त्री केपी ओलीको जन्मथलो आठराई बजार भित्रको सडकको अवस्था (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १७ गते २३:१६ मा प्रकाशित

आकाशबाट पानी पर्दा जमिनमै खस्ने हो । बिहिवार आठराई संक्रान्तिबजार सहित विभिन्न स्थानमा राम्रै बर्षा पर्यो । संक्रान्तिबजारमा खहरे नै बग्यो । ढलान गरिएको सडकको रड निस्किएर पासो झै भएको छ । को कतिबेला अल्झिने हो, टुंगो छैन । बजार भित्र खहरे बग्नु, आकाशबाट पानी पर्नु मात्र होइन, ढलको अभाव र प्राथमिकतामा नपर्नु हो ।

आठराई प्रधानमन्त्री केपी ओलीको जन्मथलो पनि हो । समृद्ध नेपालको सपना देख्ने प्रधानमन्त्री अोलीले जन्मथलोलाई समृद्ध बनाउने सपना कहिले देख्लान् ! आठराई नआउने जोकोहीलाई लाग्ला आठराई समृद्ध छ भनेर, तर होइन ! आठराई संक्रान्तिबजारको सडकको अवस्थाले यहाँको सबै विकास निर्माणको पक्षको अवस्था कस्तो छ भनेर संकेत गर्दछ । यो सडक आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार भित्रको सडक हो ।

अब हेर्नुस् पूरा भिडियो…

प्रतिक्रिया