साझा सद्भाव समूह राष्ट्रिय संयोजन समिति जापान गठन।

इनेप्लिज २०७६ जेठ १६ गते २३:३५ मा प्रकाशित

टोकियो, मे ३०

‘कल्याणकारी लोकतन्त्र’को दर्शन बोेकेको विवेकशील साझा पार्टी हाल तीव्र रूपमा देश भित्र र बाहिर संगठन निर्माणको चरणमा छ।

यसै क्रममा जापानमा नागोया निवासी कृष्ण प्रसाद सुवेदीको संयोजकत्वमा १७ सदस्यीय ‘साझा सद्भाव समूह राष्ट्रिय संयोजन समिति जापान’ को गठन भएको हो।

उक्त संयोजन समितिको गठन जापानका विभिन्न शहरहरूमा विविध पेशा, व्यवसाय गरी बसोबास गर्दै आएका साझा विवेकशील पार्टीमा आस्था राख्ने नेपालीहरू मिली गठन भएको साझा सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक राजेन्द्र पंगेनीले जानकारी दिनुभएको छ।

नेपालको राजनीतिलाई भ्रष्टाचारमुक्त राख्दै सु-संस्कृत राजनीतिको अभ्यास गर्नको लागि क्षमतावान व्यक्तिहरू नेपालको राजनीतिमा आउने वातावरण बनाउन नितान्त जरूरी रहेको छ । अहिलेको अवस्थामा शिक्षित युवा वर्ग राजनीतिमा आउनुपर्ने धारणा राख्दै सुसंकृत राजनीतिक अभ्यास गर्दै असल राजनीतिक संस्कारलाइ प्रवर्द्धन गर्ने पार्टीको उदेश्यलाइ मूर्त रूप दिन राजनीतिमा लागेको धारणा जापान संयोजक सुवेदीले राख्नुभयो । साझा विवेकशील पार्टीले पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताका चार खम्बामा टेकेर एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

सद्भाव समूह राष्ट्रिय संयोजन समिति जापानका अन्य सदस्यहरूमा गोबिन्द रेग्मी (चिबा),सुवास पौडेल अविरल(ओकिनावा),नारायण गौतम(फुकुओका),प्रनोज बहादुर भण्डारी(चिबा),बसन्त तिमिल्सिना(फुकुओका),डिल्ली लिम्बु (फुकुओका),गणेश पौडेल (नागोया),गणेश प्रसाद गौतम(नागोया),गोबिन्द श्रेष्ठ(टोक्यो),मिन कुमार डाँगी(सेन्डाई),राम कुमार के.सी. (चिबा),प्रकाश सुवेदी(फुकुओका),सुशील लामिछाने(कोची),उज्जल ढकाल(नागोया),मनोज भट्टराई(नागोया) र शिव थापा(फुकुओका) रहेका छन्।

प्रतिक्रिया