अमेरिकामा पेशाले स्वास्थ्य परिचारिका(नर्स ) रहेकी कमला न्यौपानेको रिमा रिमा बोलको आधुनिक गीत बजारमा

इनेप्लिज २०७६ जेठ १५ गते २३:४० मा प्रकाशित

लामो समय देखि लेखन कलामा सक्रिय क्यान्सस सिटि निवासी कमला न्यौपानेको शब्दमा रिमा रिमा बोलको आधुनिक गीत बजारमा आएको छ । म्युजिक भिडियो सहित युट्युवमा अपलोड समेत गरिएको गीतमा यदिन गजमेरको संगित र कर्ण विरले स्वर दिएका छन् ।

पेशाले नर्स न्यौपाने सिर्जनामा पनि उत्तिकैं सक्रिय रहेकी छन् । उनका गीत र कबिताहरू बिभिन्न नेपाली पत्रिकाहरूमा प्रकाशित छन्। आफ्नो फेसबुक मार्फ़त पनि उनि आफ्ना कबिताहरू निरन्तर रुपमा प्रस्तुत गर्दै आएकी छिन्।

उनी अमेरिकाको कन्सास राज्यमा आफ्ना पति क्यान्सर रोग बिशेषज्ञ डा प्रकाश न्यौपाने साथै एक छोरा र छोरीका साथ बस्दैं आएकी छन् । उनको अहिलेको चर्चित गीत रीमा रीमा यो यूटूब लिङ्क बाट सुन्न सकिन्छ।

प्रतिक्रिया