युनिका र समिर एसईई मोडल हन्ट

इनेप्लिज २०७६ जेठ १५ गते ११:१७ मा प्रकाशित

काठमाडौं – ‘एसईई मोडल हन्ट २०१९’को बिजेता युनिका पाठक र समिर तामाङ चुनिएका छन् । युनिका फोटो जेनिक र मिस पपुलर उपाधि सहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस सहित छात्र तर्फको विजेता घोषित भएका हुन् ।

युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात पारेका थिए । यी दुबैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस २ अध्यायनका लागि सतप्रतिसत स्कलरसिप, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको अलवा बिभिन्न गिफ्ट समेत हात पारेका छन् ।

जमल स्थित राष्ट्रिय नाचघरमा मंगलबार अबेर साँझ सम्पन्न प्रतियोगितामा छात्रा तर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफ घोषित हुँदा छात्र तर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफ हुन सफल भए । यी सबै बिजेताले अध्यायनका लागि स्कलरसिप लगायत बिभिन्न उपहार समेत जितेका थिए ।

एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि मध्यनजर गरेर आयोजित प्रतियोगीताको मुख्य आकर्षण धनलाल तामाङ भएका थिए । धनलालले प्रतियोगीतामा मिष्टर ह्याण्डसम र मिष्टर पपुलर उपाधी जिते ।

सहभागीलाई समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए ।

सनिस शाक्य कोरियोग्राफर रहेको प्रतियोगीतामा अभिनेता अनुप बिक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेशल २०१८ बिजेता धुर्व बुढाथोकी, फेसन कोरियोग्राफर संन्जय रौनियार निणार्यका रहेका थिए ।

बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा आधा दर्जन बिधामा बिजेता छानिएको थियो । प्रतियोगीतामा सबै बिजेताले बिभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेका थिए ।

प्रतिक्रिया