चितवनको क्रिकेट रंगशाला स्थानियले डोजर लगाएर भत्काए ,१६ जना पक्राउ (भिडियो )

इनेप्लिज २०७६ जेठ १५ गते ११:०६ मा प्रकाशित

धुर्मुस र सुन्तलीले  चितवनमा निर्माणा गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर चलाएका छन् । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।
झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

https://www.youtube.com/watch?time_continue=1&v=AKjxPSExz-4

प्रतिक्रिया