गायक शिरीष देवकोटाको ‘छोरो अमेरिका छ’ नामक भिडियो बजारमा

इनेप्लिज २०७६ जेठ १४ गते २१:३० मा प्रकाशित

 

गायक शिरीष देवकोटाको ‘छोरो अमेरिका छ’ नामक भिडियो बजारमा आएको छ । बुवाआमालाई मातृभूमि मै छोडेर बाबुआमा निधन नभए सम्म घर नफर्कने परम्परामा रहेको नेपाली समाजको यथार्थ घटनामा ‘छोरो अमेरिका छ’ गीत बजारमा आएको हो ।

गायक शिरीष देवकोटाको पछिल्लो लोक गीत हो । गायिका सम्झना भण्डरीको सहगायनमा रमेश बिजीको शब्दमा गायक देवकोटाले नै लय भरेका छन् ।गीत ‘छोरो अमेरिका छ’ बोलको गीतलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । निर शाह लगाएत थुप्रै कलाकारहरुले यस गीतले सामाजिक यथार्थता बोलेकोले पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा गायक शिरीष देवकोटाले लोकगीतको मर्म र धर्मलाई आफूले नभुलेर गीत निर्माण गरेको बताए । सकेसम्म भिडियोमार्फत् पनि गीतको अर्थलाई प्रस्ट्याउन खोजिएको बताउँदै गायक देवकोटाले समाजको कथा बोक्ने गीत भनेकै लोकगीत भएका बताए ।

गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिकजंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा, ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय रहेको छ ।

भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राजेश घिमिरेको छायाँकन रहेको छ । विष्णु शर्माले यस भिडियोको सम्पादन गरेका हुन् । गीतको सम्पूर्ण लगानी पृथ्वी इन्टरटेनमेन्टले गरेको हो भने गीतको भिडियो पनि पृथ्वी इन्टरटेनमेन्टकै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया