सीआइबीको ठुलो सफलता, मानवबेचविखन तथा ओसारपसार गर्ने र करोडौं ठगी गर्ने पक्राउ

इनेप्लिज २०७६ जेठ १३ गते २२:५३ मा प्रकाशित

सीआईबीले थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए ।

प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । ( हेर्नुहोस् भिडियो )

प्रतिक्रिया