बुटबलमा १ अर्व २ करोडको लागतमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्ने महासचिव पौडेलद्धारा शिलान्यास

इनेप्लिज २०७६ जेठ १३ गते २२:१९ मा प्रकाशित

चन्द्रकान्त खनाल

रुपन्देही नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तिब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको वताए ।
बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष बनाउन लागेको वताए ।

उनले जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटको कार्यान्वयनसंगै देशमा मानव बिकास, आर्थिक बिकास र पर्यटन बिकासले तिब्र गती लिने बिश्वास ब्यक्त गरे । सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई सरकारको निती तथा कार्यक्रमले सम्बोधन गरेको उनको दाबी छ ।

पुर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले कालिगण्डगी डाईभर्सन दुई प्रदेशको बिबादको बिषय नभएको जिकिर गर्दै रिडी रुद्रबेनीमा निर्माण हुने बांधबाट बांध मुनीका जनतालाई सिंचाईको अभाव नहुने गरि निर्माण गर्ने परियोजना नै कालि गण्डकी डाईभर्सन भएको वताए ।

बुटवलमा निर्माण हुने प्रदर्शनी कक्षमा १ लाख मानीसले अवलोकन गर्न सक्ने २० हजार मानीस अटाउन सक्ने ४ सय बढी गाडी र मोटरसाईकल पार्किङ हुन सक्ने बातानुकुदित प्रदर्शनी कक्ष निर्माण हुन लागेको जानकारी दिंदै उनले प्रदर्शनीक कक्षको निर्माणबाट बुटवल र प्रदेशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै भौतिक योजना मन्त्री बैजनाथ चौधरीले शिलान्यस गरेरमात्र नहुने शिलान्यास भएको परियोजना समयमा पुरा हुनुपर्ने वताए ।
कार्यक्रममा शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मनिराम गेलालले १ अर्व २ करोडको लागतमा निर्माण हुने प्रदर्शनी कक्ष २७ महिनामा सम्पन्न हुने लक्षका साथ काम सुरु गरिएको जानकारी दिए ।

सुबिधा सम्पन्न प्रदर्शनीक कक्षका अभावमा बुटवल क्षेत्रमा बिभिन्न ब्यवसायीक संस्थाहरुले आयोजना गर्ने मेला महोत्सवको नाममा करोडौं अनुत्पादक खर्च हुने गरेको थियो ।

प्रतिक्रिया