मे २५ र २६ का दिन युनाईटेड नेप्लिज एसोसिएसन(युएनए) दुई दिने सम्मेलनमा विभिन्न कार्यक्रमहरु सफलता पूर्वक संचालन भएका छन् । गत मे २५ का दिन बिहान बिशेष झाँकी कार्यक्रम समाप्त संगै औपचारिक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।
मे २५ कै दिन युएनए लिटल ट्यालेन्ट ( बाल प्रतिभा प्रतियोगिता )मा सहभागी भएका प्रतियोगी मध्ये उत्कृष्ट १० को छनौट भएको छ । अमेरिकाका करिव १८ वटा राज्यहरु बाट सहभागीहरु आएका छन् । सम्मेलनको दोश्रो अर्थात् अन्तिम दिन उत्कृष्ट १० मध्ये ३ जना प्रथम ,द्वितीय तथा तृतीय बिजयीहरुको घोषणा गरिने छ ।
यसै गरि गत मे २५ कै दिन गैर मुनाफा संस्थाहरुका फाइदा ,कानुनी परिणाम तथा सीमितता का बारेमा एक बिशेष कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम संचारकर्मी शैलेस श्रेष्ठले संचालन गरेका थिए ।
यसै गरि युवा स शक्तिकरण सम्बन्धि एनआरएन बिश्व का पूर्व अध्यक्ष शेष घले ,युएनएका संस्थापक पासांग लामा तथा सामाजिक अभियन्ता सूर्य लम्साल संग आफ्ना उत्प्रेरणा दायी कुराहरु ,कथाहरु र सुझाव दिएका थिए । उनीहरुलाई सहभागीहरुले जिज्ञाशा समेत राखेका थिए ।
यसै गरि साँझमा सास्कृतिक कार्यक्रम संचालन गरिएको थियो । गत उद्घाटन कार्यक्रममा उर्जा ,जलश्रोत तथा सिचाई मन्त्रि माननीय बर्षमान पुन प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पुनले सबैलाई मातृभूमिलाई माया गर्नु पर्ने र नेपालको विकासमा सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
यसै गरि उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरु मध्ये महिलाको तर्फ बाट प्रतिनिधित्व गर्दै पूर्व सभामुख ओन्सारी घर्तिमगरले हाम्रो सोचाई परिवर्तन गर्नु पर्ने बताइन । र सामाजिक संजालका कुराको भन्दा नेपालले के कस्ता विकास र अग्रगामी दिशामा बढी रहेको छ भन्ने कुरा जान्नु पर्ने बताइन ।
उद्घाटन कार्यक्रममा एनआरए अन्तरराष्ट्रियका पूर्व अध्यक्ष शेष घले,जमुना गुरुङ घले ,राजदुत डा अर्जुन कुमार कार्की ,एनआरएन अन्तर राष्ट्रियका उपाध्यक्ष कुमार पन्त ,मेरिल्याण्डका बिधान सभा सदस्य ह्यारी भण्डारी ,युएनएका संस्थापक पासांग लामा ,पूर्व सभामुख ओन्सारी घर्तिमगर ,सम्मेलन संयोजक सोनाम लामा ,युएनए का वर्तमान अध्यक्ष बिएन पन्त ,एसी शेर्पा आदिले मन्तब्य राखेका थिए
गत मे २४ शुक्रबारका दिन आयोजना गरिएको कोष वृद्धि कार्यक्रम मार्फत युनाईटेड नेप्लिज एसोसिएसन(युएनए)ले ५७ हजार १ सय ४७ डलर संकलन गरेको थियो ।
प्रतिक्रिया