कोमल गज़ल:-

इनेप्लिज २०७६ जेठ ११ गते ११:२३ मा प्रकाशित

जसोतसो बाँचेको छु खबर बारे नसोध है
भित्री मन मरिसक्यो रहर बारे नसोध है

सपना झैँ भएकोछ खुसी,हाँसो जिन्दगीको
पीडा हुन्छ छातीभरि असर बारे नसोध है

शान,मान,नाम सबै गुम्दो रैछ प्रवासमा
अन्त्य भयो प्रतिभाको कदर बारे नसोध है

उडेकाछन् सबैजना कल्पनाको आकाशमा
मरे मात्रै देख्न पाउने सगर बारे नसोध है

प्रकृतिको सौन्दर्यले चम्केकोछ देश आफ्नो
कृत्रिमतामा रमाएका नगर बारे नसोध है

जननी र जन्मभूमि घुम्छन् सधैँ आँखाभरि
निसासिँदै बस्नु पर्ने सफर बारे नसोध है

(४ ×४ ×४ ×४ )
-कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया