गायक राजु लामाको ‘जुन झैँ मुहार’ चर्चामा

इनेप्लिज २०७६ जेठ १० गते १५:१३ मा प्रकाशित

 

रोशन मेवाहाङ्ग/इनेप्लिज डट कम-
लण्डन , जेठ १० । चर्चित ब्याण्ड मंगोलियन हर्ट राजु लामाको नयाँ म्युजिक भिडियो ‘जुन झैँ मुहार’ बोलको गीत आफ्नै सामाजिक संन्जाल युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

पोखरा शहर देखि करिब दुई घण्टाको यात्रामा पर्ने एकदम रमणिय स्थल ल्वाँङमा छायाँकन गरिएको यस म्युजिक भिडियोमा नेपाली माया प्रेम, सत्कार र संस्कारलाई नेपाली कौडा भाकामा सरल तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।


नेपाली सांगीतिक आकाशमा चर्चित ब्याण्ड ‘मंगोलियन हट’ ले धेरै समयको अन्तराल पछि क्रमिक रुपमा गीतहरु सार्बजनिक गर्दै आएका छन् । सार्वजनिक लगतै छोटो समयमा नै यो भिडियोलाई अत्यधिक मात्रमा दर्शकहरुले माया गरिरहेका छन् । यस म्युजिक भिडियो लाई मंगोलियन हर्ट भित्र ७ औ संस्करमा समावेश गरिएको छ । विश्व दोङ्गको शब्द संगीत रहेको ‘जुन झैँ मुहार’ गीतमा बोबी घतानीको एरेन्जमेन्ट रहेको छ भने उक्त म्युजिक भिडियोमा गायक राजु लामा र मोडल सपना गुरुङले अभिनय गरेका छन् । यस भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् ।


गायक लामा गीत संगीतमा मात्र नभएर समाज सेवामा पनि उतिकै जागरुक छन् । उनको राजु लामा फाउन्डेसन् मार्फत विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेका छन् । नेपालमा धेरै सांगीतिक ब्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले गत बर्ष व्याण्ड स्थापना गरिएको २५ बर्ष पुगेको अवसरमा सिल्भर जुब्ली मनाउर्दैे २५ स्थानमा लाईभ व्याण्ड कन्सर्ट गर्ने निर्णय लिएका थिए । हाल सम्म नेपाल अधिराज्यका अठार स्थानमा कन्सर्ट गरिसकेका र ७ स्थान बाकि रहेको ठाँउमा भने सेप्टेम्बर पहिलो हप्ताबाट सुरुवात गरिने गायक लामाले जानकारी दिए ।


गायक लामाका एल्वमहरु अनलाईन सपिङ आईटुन् डट कम, एमाजोन डट कम र सिडिवेवि डट कम मार्फत खरिद गर्न सकिन्छ । मंगोलियन हर्टका भोकलिस्ट राजु लामाका गीतहरु सबै लोक प्रिय नै छन् जस मध्ये ‘बादल पारिको देशबाट’ ‘हल्ला चलेछ’, ‘नतानुँ त तानुँ ‘उँभो उँभो खाशा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’ , ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, हेर्दा हेर्दै, ‘यो जुनिमा’, ‘एक जोडि नयँन’, ‘घर मेरो पूर्व’ , ‘सैलुङ पोङदी’, ‘भाई टिका’,लगायत गीत सर्वाधिक चर्चाको शिखर चुमेका गीतहरु हुन् ।

प्रतिक्रिया