वेलायतको वार्मिनिस्टरमा गोर्खा रेडियोले ट्रान्समिटर थपे

इनेप्लिज २०७६ जेठ ८ गते २१:४४ मा प्रकाशित

रोशन मेवाहाङ्ग –

लण्डन, जेठ ८ । बेलायतको दक्षिण पश्चिमस्थित वार्मिनिस्टरमा नेपाली समाज , वेलायती गोर्खा सैनिक र तिनीहरुका परिवारकालागि वियफ वियस गोर्खा रेडियोले (व्रिटिस फोर्सेस बोडकास्टिङ सर्विस )ट्रान्समिटर थपिएको हो ।

गोर्खा कम्पनी टेभोलेटोका सेनानी चन्द्र बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि महासेनानी जेजि रविन्सन सिविई , विशेष अतिथि पूर्व गोर्खा कम्पनी टेभोलेटोका सेनानी प्रकाश गुरुङ एमभिओ , यसयसभिसीका परियोजना अधिकृत निक वियर र वार्मिनिस्टर नेपाली समाजका अध्यक्ष एक पुन उपस्थित थिए । अतिथिका रुपमा बाहलवाला तथा अवकाश प्राप्त गोर्खा सैनिक र तिनका परिवारको बाक्लो उपस्थित थियो ।

समारोहमा प्रमुख अतिथि महासेनानी रविन्सनले गोर्खा रेडियोको ट्रान्समिटर उद्धघाटन गर्दै भने, ‘आफु अंग्रेज भए पनि जन्मस्थान पूर्वको सुन्दर शहर धरानमा भएकोमा खुशी छु । धरानबासीहरुकालागि पनि गोर्खा रेडियोको ट्रान्समिटर जडान गरिसकेको कारण यफयम च्यानल ८७ दशमलब ७ मा सुन्न सकिने जानकारी दिएका थिए ।

झापाका संगीतकार चन्द्र श्रेष्ठले अफगानिस्तानबाट खुशी हुदै भने, ‘रेडियो सुनेरै हुर्किएको हाम्रो पुस्ताले देश देखि टाडा रहेर पनि वियफ वियस गोर्खा रेडियोमा नेपाली आवाज मात्र सुन्न पाउदा पनि देश बाहिर एक्लो महशुस हुन्न रहेछ साथमा ज्ञान गुण र ताजा समाचार सुन्दा त झनै आनन्द लाग्छ ।’

वास्तबमा वेलायती गोर्खा सैनिक र तिनका परिवारकालागि स्वदेशी गाँउघरको समाचार, अन्तर्वाता, नेपाल दर्पण र विशेष प्रदेशीको संन्देश जस्ता अनेकौ कार्यक्रम सुनेर नेपालको झझल्को आफ्नो सैनिकहरुले मेटाउने उदेश्यले बेलायती सैनिक मुख्यालयले गोर्खा रेडियो स्थापना गराएका हुन् ।

विक्रम संवत् २०५३ साल भदौ ११ गते औपचारिक रुपमा स्थापना गरिको वियफ वियस गोर्खा रेडियो संसारभर रोचक रुपमा प्रसारण भईरहेको छ । चौविसै घण्टा सुन्न सकिने रेडियो मुख्यतय काठमाण्डौ,ब्रुनाई र लण्डन स्टेसनबाट सन्चालन हुने गर्दछ । रेडियो च्यानल १२७८ किलोहर्ज एम प्रसारित रेडियोलाई वेलायतको दक्षिण पश्चिम अवस्थित विश्व सम्पदाको सुचिमा रहेको स्टोन हेन्जमा समेत नेपाली रेडियो सुन्न सकिने प्राविधिक समुहले बताए ।

विशेष अथिति सेनानी प्रकाश गुरुङ एमभियोले गत बर्ष रेडियो प्रसारणकालागि सैनिक मुख्यलयमा अनुरोध-पत्र बुझाए लगतै मुख्यालयले रेडियो प्रसारणकालागि स्वीकृत दिएका थिए । । उक्त उद्धघाटन समारोहमा कलर सार्जन्ट नवराज रानाले दिवाभोज उपलब्ध गरिएको कार्यक्रम लाई दोस्रो वारेन्ट अफिसर चोला नाथ लिम्बुले संन्चालन गरेका थिए ।

प्रतिक्रिया